
टोकियो । गैरआवासीय नेपाली संघ (एन्आरएनए) राष्ट्रीय समन्वय परिषद जापानको आठौ वार्षिक साधारणसभा तयारी तीव्र बनाएको छ ।
आगामी जनवरी ६ तारीख़का दिन गर्ने निर्णय भएको एनआरएनए जापानको तयारी तिब्र बनाएको हो ।
एनआरएनए एनसिसी जापानले साधारणसभा आगामी जनवरी ६ तारिखका दिन गर्ने निर्णय गरेको हो । अध्यक्ष टासी वाङ्दी लामाको अध्यक्षतामा शनिवार आफ्नै कार्यालयमा बसेको बैठकले साधारणसभा नाकानो जिरो हलमा गर्ने निर्णय गरेको एनसिसी जापानको महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।
आठौ वार्षिक साधारणसभामा ‘जापानबासी नेपालीको सहभागिता, देशको सम्मृद्धि र लगानीमा हाम्रो प्रतिबद्धता’ भन्ने नारा तय गरिएको छ । साधारणसभा जापानस्थित नेपाली राजदुत प्रतिभा राणा र एनआरएन आइसिसी अध्यक्ष भवन भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
एनसिसी जापानमा १२ हजार ५ सय को पञ्जीकृत सदस्य रहेको जनाइएको छ । एनसिसी जापानमा १३ वटा क्षेत्रीय समिति छन । साधारणसभामा विशेष गरि आर्थिक, सांगठनीक तथा विधानपनि संशोधनका विषयमा छलफल केन्द्रित हुने प्रवक्ता पर्शु वस्नेतले जानकारी दिनुभयो ।
\


