मलेसिया । नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाको प्रथम बार्सिक उत्सब तथा सम्मान कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ।
उक्त कार्यक्रममा म्हार म्हेन्दो कलाकारहरुको मनमोहक नृत्यले कार्यक्रम स्थल र उपस्थित दर्शकहरु झनै आकर्षित बनेको थियो।
कलाकार संघका अध्यक्ष फुर्वा दोर्जे मोक्तान तामाङले संघले एक बर्ष भित्रमा गरेको प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो भने सम्पुर्ण कलाकार मित्रहरूमा प्रगति उन्नतिको निम्ति शुभकामना मन्तव्य समेत ब्यक्त गरेका थिए।संघलाई बर्ष भरी साथ सहयोग दिने सम्पुर्ण नेपाली तामाङ कलाकारहरुलाई संघको तर्फबाट अध्यक्ष फुर्वा र सल्लाहकार जगत दोङ्ग तामाङले संयुक्त रुपमा दोसल्ला ओढाइ सम्मानपत्र प्रदान समेत गरेका हुन।
त्यसैगरी कार्यक्रममा नेपाली ,तामाङ कलाकारको अलावा खेलाडी र पत्रकार पनि सम्मानित भएका छन।सम्मानित हुनेहरुमा मलेसियामा बिगत लामो समय देखी कराते,तेक्वान्दो खेलमा आबद्ध रहि मलेसिया लगायतको अन्तर्राष्ट्रिय देशहरुमा भएको खेलहरुमा पटक पटक जित हासिल गर्दै नेपाल र नेपालीको शिर उच्च पार्ने कार्य गरेका अन्तरास्ट्रिय रेफ्री तथा खेल प्रशिक्षक योगेन्द्र कोईराला र बहु प्रतिभाशाली खेलाडी सोनाम नोर्बु तामाङलाई सम्मानपत्र सहित सम्मानित गरेको हो ।
त्यस्तै प्रवास जस्तो ठाउँमा बसेर पनि आफ्नो रोजगारीको अलावा मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको हकहितमा अडिग रहेर विभिन्न समस्याहरु संग जुध्दै लामो समय देखी कलमको माध्यमबाट पत्रकारिता क्षेत्रमा आबद्ध रहि श्रमिक उद्धारको निम्ति पुर्याउनु भएको योगदानको कदर गर्दै पत्रकार घनश्याम चौधरी (आर एन चौधरी थारु) लाई पनि संघले खादादोसल्ला ओढाइ,सम्मानपत्र सहित सम्मानित गरेको छ।प्रवासमा बसेर कलम चलाउने ,पत्रकारिता क्षेत्रमा रुचि राख्ने थारु समुदायको एकमात्र युवा हुन आर एन चौधरी थारु ।

कलाकारिता संगसङ्गै मलेसिया लगायत नेपालमा समस्यामा परेका पीडित नेपालीहरुलाइ आर्थिक भौतिक सहयोग गर्दै आइरहेका संघका अध्यक्षको सभापतित्वमा औपचारिक रुपमा सुरु भएको उक्त बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि संजय लामा तामाङ ,बिशिस्ट अतिथी सितेरियो कराते संघ मलेसियाको अध्यक्ष योगेन्द्र कोईराला ,नेपाल् आदिवासी जनजाती महासंघ शाखा मलेसियाको सदस्य मिङमार सेतार तामाङ रहनु भएको थिए।
त्यस्तै अतिथीहरुमा क्रमश:नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको अध्यक्ष दिपक सुनाखरी मगर , तामाङ बौद्ध महासंघ मलेसियाको महासचिव सोनाम नोर्बु तामाङ , तामाङ समाज मलेसियाको अध्यक्ष टासी पाल्मो वाइबा तामाङ,तामाङ बौद्ध महासंघ मलेसियाको महासचिव सोनाम नोर्बु तामाङ, लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि, सञ्चारकर्मी , कलाकार र दर्शकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम संघको अध्यक्ष फुर्वा दोर्जे मोक्तान सभापतित्व र सचिव अमिर लोप्चन तामाङले सञ्चालन गरी सम्पन्न भएको थियो ।
















