सोमबार, जेठ २५, २०८३

दोहोरी गीत प्रतिष्ठानको भवन निर्माणको सहयोगार्थ जापानमा सांगीतिक साँझ हुने

टोकियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाको आयोजनामा जापानको विभिन्न शहरमा सुमधुर सांगीतिक साँझ हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय भवन निर्माणको सहयोगार्थ जापानमा सुमधुर सांगीतिक साँझ हुने भएको हो । सो कार्यक्रमको तयारी तीव्र भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका सदस्य चेतन मगरले जानकारी दिनुभयो ।
यहि अंग्रेजी नयाँ वर्षको अवसरमा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय भवन निर्माणको सहयोगार्थ सुमधुर सांगीतिक साँझ गर्न लागेको हो ।

सुमधुर सांगीतिक साँझमा चर्चित गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीको साथमा चर्चित गायिका शान्तिश्री परिवारको बेजोड प्रस्तुती रहनेछ । भने जपानमा रहेका अन्य लोकप्रिय कलाकारहरुको पनि विभिन्न आर्कषण प्रस्तुती रहनेछ ।

कार्यक्रम डिसेम्बर ३० तारिख साँझ ६ बजे फुकुओका एपोलस्टोर नजिकै टेम्पोहलमा हुनेछ । यसैगरि अर्को कार्यक्रम डिसेंबर ३१तारिख चौतारी रेष्टुरेन्टमा नागोयामा हुनेछ । सो कार्यक्रममा सहभागि हुनको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखा र प्रवासी कलाकार संघ जापानले आह्वान गरेको छ ।