Nepali date


शनिबार, कार्तिक २, २०७६

नेपाल आइडल-२ का विजेताहरूले जनवरी ५ मा टोक्यो तताउने

जापान । नेपालको अन्तराष्ट्रिय स्तरको चर्चित रियालिटी शो ‘नेपाल आइडलको दोस्रो सिरिज ग्रान्ड फिनाले उत्कृष्ट टप ४ प्रतिस्पर्धीहरुले टोक्यो तताउने भएको छन ।
नेपाल आइडल २ का विजेता रवि ओड लगाएत आइड सिजन-२ को विजेता बनेकाहरू विक्रम बराल,सुमित पाठक र अस्मिता अधिकारी पहिलो सांगितिक कोसेली लिएर जापान आउन लागेको हो। डान्सर तथा गायिका एलिसा राई ,उद्घोषिका रीमा विश्वकर्मा पनी सोहि कार्यक्रममा जापान आउदै छन ।
माईती नेपालसंग मिलेर महिला हिंसा बिरुद्दको सामाजिक अभीयानमा एनआरएन जापानसंग हातेमालो गर्दै आएको रेस्पेक्ट राइट कम्पनीले आयोजना गरेको सो कार्यक्रमको इभेंट पार्टनर गोरेटो प्रोडक्शनले गरेको रेस्पेक्टका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिनु भयो ।
“महिला हिंसा बिरुद्दको समाजिक अभियानमा एनआरएन जापान सहकार्य गर्दै आएको रेस्पेक्टले यस कार्यक्रमको १० प्रतिशत एनआरएनए जापानको राहत कोषलाई सहयोग गर्ने जनाएको छ । नेरिमा कल्चर सेंटरमा हुने उक्त सांगितिक लाईभ कार्यक्रम तीव्र भैरहेको बताएको छ ।
नेपाल आइडलको जापानमा कार्यक्रम टोक्यो,फूँकूओका ,नागोया पनी प्रस्तुति रहने आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया