सोमबार, जेठ २५, २०८३

छक्का पञ्जा-३ जापानको टोक्योमा पुन:प्रदर्शन हुने

जापान । सर्वाधिक चर्चामा रहेको नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ जापानको टोक्यो शहरमा पुन:प्रदर्शन हुने भएको छ ।
यस अघि नोभेंबर १८ मा प्रदर्शन भएको उक्त चलचित्र यस पटक डिसेंबर २३ मा पुन: प्रदर्शनी हुने भएको हो ।
नेपालमा अपार सफलता मिलेको हास्यव्यंग्य कलाकारहरूले अभिनय गरेको ‘छक्का पञ्जा ३’को जापानको मुख्य शहरहरुमा प्रदर्शन सम्पन्न गरेको थियो । दिपा निरौला र दिपकराज गिरीद्वारा निर्मित चलचित्रमा अन्य ख्यातिप्राप्त कलाकारहरुको अभिनय हेर्न सकिन्छ । यस चलचित्रमा दीपाश्री निरौला,दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायत कलाकारको मुख्य भूमिका छ । ‘छक्का पञ्जा ३’ले नेपालको अस्वस्थ्य राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको निर्माणपक्षले जनाएको छ ।
नेपालको हलहरुमा असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको यस ‘छक्का पञ्जा ३’ले जापानको राजधानी टोकियोमा नोभेंबर २३ आइतवार मेगुरो कुमिन सेन्टर पुन: प्रदर्शनी हुने सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेब लामिछानेले जानकारी दिनु भयो ।