
काठमाडौं । नेपालको अन्तराष्ट्रिय स्तरको चर्चित रियालिटी शो ‘नेपाल आइडलको दोस्रो सिरिज ग्रान्ड फिनाले उत्कृष्ट टप ४ प्रतिस्पर्धीहरुको फाइनल रवि ओडले नेपाल आइड सिजन-२ को विजेता बनेका छन् ।
पुल्चोक इन्जिनियर कलेजबाट विक्रम बराललाई पछि पार्दै रवि ओडले नेपाल आइड सिजन-२ को विजेता बनेका छन् । उनले गाडीसँगै २२ लाख नगद हात पारे ।
उनले पोखराका विक्रमलाई पछि पारे । विक्रमले २० लाख रुपैयाँ हात पारेका छन् । झापाका सुमित पाठक तेस्रो र अस्मिता अधिकारी चौथो भएका छन् ।
विजेता घोषणा भएपछि भावुक बनेका रविले यो जित चारै जनाको भएको बताए ।

