मङ्गलबार, बैशाख ०८, २०८३

नेपाल मगर संघ जापान कान्तोको आयोजनामा २३ औं लाङ्घाली साँझ २०१९ हुने

टोकियो । नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोले आयोजनामा २३ औं लाङ्घाली साँझ २०१९ गर्ने भएको छ ।

अंग्रेजी नयाँ वर्ष २०१९ को सुरुवातको दिन जनवरी १ तारीख जापानको टोकियोस्थित टोक्यो रोघी घरको हलमा सो कार्यक्रम हुने नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोका अध्यक्ष रित राना मगरले जानकारी दिनुभयो ।

नेपाल मगर संघ जापान कान्तोले एकआपसमा भेंटघाट गरी मनोरंजन कार्यक्रम गरिने जनाएको छ । यस कार्यक्रमले मगर जातिको भेषभूषा,पहिचान आदिलाई जर्गेना गर्ने जनाएको छ ।
उक्त कार्यक्रममा स्थानीय कलाकारहरूको बेजोड़ प्रस्तुति रहने आयोजक संस्था नेपाल मगर संघ कान्तोले जनाएको छ । उक्त कार्यक्रममा मगर तथा ग़ैर मगरहरूको उपस्थितिको लागि संघले अपिल गरेको छ ।