जापान । नेपाल तामाङ सोसाइटी जापान नागोयाले तामाङ जातिको महान् पर्व सोनाम ल्होसारको अवसर पारेर सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
तामाङ जातिहरूको आफ्नो मौलिक भेषभूषा, भाषा, संस्कार र पहिचानलाई जोगाउने लक्ष्यका साथ ल्होसार विशेष सांस्कृतिक कार्यक्रम मनाउन लागिएको तामाङ सोसाइटी नागोंयाले जनाएको छ ।
सोसाइटीले प्रत्येक वर्षझैँ यसपालि पनि फा (ल्होसारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम फेबु्रअरी २ तारिख शनिबार नागोयाको कोकुसाइ सेन्टस्थित नागोया सेन्टर हलमा गर्ने अध्यक्ष सञ्जय तामाङ मेन्दोलाले जानकारी दिए ।
उक्त कार्यक्रममा नागोयाको स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । तामाङ समुदायले ल्होसारलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछ । यो चाड माघ शुक्ल प्रतिपदाको दिन मनाउने गरिन्छ । यस वर्ष मनाउन लागेको २८५५औँ सोनाम ल्होसार फा ल्हो (सुँगुर वर्ग) हो ।
उक्त कार्यक्रममा राष्ट्रीय तथा स्थानीय कलाकारहरूको बेजोड़ प्रस्तुति रहने आयोजक संस्था नेपाल तामाङ सोसाइटी नागोंयाले जनाएको छ ।

