मङ्गलबार, जेठ २६, २०८३

चर्चित गायिका मेलिनाको आवाजमा ‘कौडा गीत’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायिका मेलिना राईको आवाजमा कौडा गीत सार्वजनिक भएको छ ।
पूर्वेली लोक गीत, चलचित्र, आधुनिक लगायतका गीतमा स्वरले पछिल्लो समय कब्जा जमाउदै आएकी गायिका राईले पहिलोचोटी पश्चिमेली लोक दोहारेरी भाकाको कौडा गीत गाएकी हुन् ।

‘गोरखा डाँडा शितलु’ नाम गरेको उक्त कौडा गीतमा मेलिना राई सँगै अविनाश थापा, रजनी मगर र कौडा गीतका किङ मानिने गणेश गुरुङ लगायत कलाकारको आवाज रहेको छ । सोही गीतमा गणेश गुरुङको लय रहेको छ भने शब्द अविनाश थापाले सृजना गरेका हुन् ।

पुर्वदेखि पश्चिम महाकालीका हरेक भाषाका लोक संस्कृतिलाई स्थान दिन पर्छ भन्ने मान्यताले यस कौडा गीतमा पहिलोपटक आवाज दिएको गायिका राइले बताईन् । उक्त गीतको म्युजिक भिडियोमा दीप गुरुङले निर्देशन गरेका छन् । राजेश घिमिरेद्वारा छायांकन गरिएको उक्त भिडियो सुजन शाहीले सम्पादन गरेका हुन् ।

गीतमा पश्चिममा गाइने मौलिक भाषा तथा शब्द समावेश गरिएको शब्द रचनाकार अविनाश थापाले बताए । सोही गीतको भिडियोमा सन्तोष थापा मगर, मनोज थापा मगर, लिला थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ, बबिता गुरुङले उत्कृष्ट नृत्य प्रस्तुतिका साथ अभिनय गरेका छन् ।

भिडियो