मङ्गलबार, बैशाख ०८, २०८३

गण्डकी प्रदेशका सांसद राजिव पहारीलाई राम्रो कार्य गरेको भन्दै सम्मान

http://japanremit.com/
पोखरा । गण्डकी प्रदेशका सांसद राजिव पहारीलाई राम्रो कार्य गरेको भन्दै सम्मान गरेको छ ।

विहिवार १७ औ सेन्चुरी ल्होसार महोत्सवको अबसर पारेर त्यस क्षेत्रका लागि सांसद पहारी सोचेको भन्दा पनि धेरै सहयोग गरेको र बजेट सोचे अनुसार नै गरेको भन्दै सम्मान गरेको हो ।
सो कार्यधmममा वोल्दै सांसद पहारीले बर्तमान सरकारले देश निर्माण र समृद्धिको लागि जग निर्माण गरिसकेको बताउँदै अब देश विकासको तला थप्दै जाने बताउनुभएको छ ।
कास्की जिल्लाको पर्यटकीय क्षेत्र सेन्चररीमा परगेर सांसद पहारीले देश संघियताको कार्यान्वयनको चरणमा रहेको बताउँदै देशमा ३ तहको सरकार पहिलो अभ्यास भएको बताउनुभयो । प्रतिपक्षिदल लगायतका दलले सरकारले केही गरेन भनि सरकारको आलोचना गर्दै समय वर्वाद गर्नुभन्दा त्यो समय विकास निर्माणका कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नयाँ पुलदेखि घान्द्रुकसम्मको बाटोलाई २ करोड १० लाख र लुुन्द्रेदेखि लान्द्रुकसम्मको बाटोलाई १ करोड छुट्याइएको जानकारी गराउँदै सांसद पहारीले भन्नुभयो, ‘सकेसम्म पिच गर्ने लक्ष छ, नत्र बाटोको स्तारोन्नति हुन्छ ।
युवा संघ नेपालका निवर्तमान अध्यक्षसमेत रहनु भएका सांसद पहारीले तमु ल्होसारको भुभकामना दिदै भन्नुभयो यो क्षेत्रमा गुरुंगहरूको म्यूज़ियम स्थापनाको लागी महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नु भएका छन ।
यस सेंचुरीको विकासको निम्ती बजेटको अभाव हुन नदिने बचन दिदै अन्नपुर्ण पदमार्गलाई विश्वकै उत्कृष्ट पदमार्ग बनाउन म आफु र प्रदेश सरकार लाग्ने बताउनु भयो ।