बिहिबार, असार ११, २०८३

महिला हिंसाबिरुद्धको अभियानलाई सघाउन जापानमा डिजे पार्टी

टोकियो । नेपालको महिला हिंसाबिरुद्धको अभियानलाई सघाउन अंग्रेज़ी नयाँ बर्ष २०१९ को अवसरमा डिजे पार्टी हुने भएको छ ।
नयाँ बर्षको डिजे पार्टी रमाईलोको साथै नेपालमा भई रहेको महिला हिंसा विरुद्धको अभियानलाई सहयोगार्थ पनि रहने संयोजक पुजन लामाले जानकारी गराउनु भएको छ ।

यही डिसेम्बर ३१ का दिन टोकियोमा हुने “नयाँ वर्ष काउण्ट डाउन पार्टी”बाट नाफा भएको केही रकम एनआरएनए जापान, माइती नेपाल र रेस्पेक्ट एण्ड राइजले सुरु गरेको महिला हिंसाबिरुद्धको अभियानलाई हस्तान्तरण गरिने भएको छ ।

नयाँ वर्ष काउण्ट डाउन पार्टीका संयोजक पुजन लामाले यो कार्यक्रमबाट रमाइलोका साथै महिला हिंसाबिरुद्धको सहयोगार्थ पनि भएको जानकारी गराउँदै नाफाको केही हिस्सा अभियानलाई हस्तान्तरण गर्ने जानकारी दिनुभएको हो ।
समूहका किरण थापा, दीप लामा, डिजेद्वय नवीन लामा र शरण गुरूङले नेपाली युवाहरुले रमाइलो मात्र हैन सामाजिक कार्यमा पनि सहयोग गर्छन् भन्ने सन्देश दिन चाहेको बताए ।
उक्त डीजे पार्टी कार्यक्रमको आयोजनाको व्यवस्था मिलाएको भीआइपी चारलोटे बार एण्ड रेष्टुरेन्टका संचालक कुमार कार्की र आयोजक टीमले यस सामाजिक कार्यको लागी सहभागी हुन जापानवासी नेपालीलाई अपील गरेको छ ।