टोकियो । गुल्मी आपचौर सेवा समिति जापानले एनआरएन जापानको आपतकालीन राहतकोष र नेपालको अनार्थ तथा अपाङ्ग वाल वालिकाको सहयोगार्थ अङ्रेजी नयाँ वर्ष २०१९ को स्वागतमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
गुल्मी आपचौर सेवा समिति जापान र सेफ द चिल्ड्रेन संयूक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।
टोकियोस्थित नाकानो जेरो हलमा जनवरी ६ मा सो कार्यक्रममा नेपाल देखी आउने कलाकारहरुको भिषा प्रकृया पुरा भईसकेको संयोजक अनुरोध घलेले बताउनु भएको छ ।
नेपालदेखी आउने कलाकारहरुमा राजेश हमाल ,गायक हेमन्त राना, लोक गायक हेमन्त शर्मा र चचित गायिका प्रिती आले जापान आउँदैछन भने सुर्य खड्का जापानका स्थानीय लोक गायक टोक्यो तताउने भएका छन् ।
जापानमा अहिलेसम्म भएका कार्यक्रमहरुमध्ये छुट्टै पृथक कार्यक्रम भएकोलेले भव्यताका साथ सफल हुने संस्थाका अध्यक्ष महेन्द्र अधिकारीको दावी छ । विशुद्ध सामाजिक भावनाले गर्न लागेको कार्यक्रममा अभियानमा एनआरएन जापानको पनि हामीलाई सहयोग हुने सम्झौता भएकोले कार्यक्रम भव्यताका साथ सफल हुने पूर्ण विश्वास गरिएको छ ।


