बिहिबार, असार ११, २०८३

जापानमा बेपत्ता मिलन पुन नामको कार्डसहित मानव कंकाल भेटियो,आफन्तलाई सम्पर्कमा आउनु दूतावासको आग्रह

टोकियो । जापानको चिवास्थित एक पहाडको जंगलमा मिलन पुन नामको कार्ड भेटिएको छ । मानव कंकालसहित मिलन पुन नामको कार्ड भेटिएको हो ।
जापानस्थित चिबा प्रान्तको कातोरी प्रहरीका अनुसार ३ वर्ष अघि बेपत्ता भएका मिलन पुन कंकाल हुन सक्ने अनुमान गरेको छ ।
बेपत्ता पुन २०१४ जुन महीनाको १६ तारीख़ प्रशिक्षण भिसामा जापान आइ तीन वर्षअघि बेपत्ता भएका भनि उनका आफन्तले जापान प्रहरी चिवामा उजुरी दिएको थिए ।
नेपालको ठेगाना पत्ता नलागेका पुन सन १९८३ जुन ९ तारीख़ जन्मिएको प्रहरीको रेकर्डमा छ । जापान प्रहरीको अनुसार ६६६-३,इदेनुमा,ताको-माची कातोरी गुन चिबा केनमा ठेगाना रहेको पुनको जाईंर्यो कार्ड र बीमा कार्ड सहित मानव कंकाल चिबाको जंगलमा भेटिएको थियो ।
बेपत्ता पुनको जाईंर्यो कार्ड नम्बर FU 41867911FA रहेको छ ।
बेपत्ता पुनको नामको जाईंर्यो कार्ड र बीमा कार्ड सहित मानव कंकाल भेटिएको कातोरी प्रहरीले नेपाली राजदूतावास जापानलाई जानकारी गराएको छ ।

उक्त मानव कंकाल बेपत्ता मिलन पुनको हो वा होईन भन्ने वारे खोजतलास गरिरहेको नेपाली राजदूतावास जापानका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो ।
बेपत्ता पुनको घर नेपालमा कुन जिल्ला र डीएनए परीक्षणको लागी आफन्त सम्पर्कमा नभएकोले सम्पर्कमा आउनु नेपाली दूतावास जापानले आग्रह गरेको छ ।
त्यस्तै उक्त मानव कंकाल बेपत्ता मिलन पुनको हो या होइन भनी नेपाल मगर संघ जापानले पनी खोजी कार्य सुरु गरेको संघका अध्यक्ष नबीन थापा मगरले जानकारी दिनुभयो ।