Nepali date


सोमवार, मंसिर २, २०७६

एनआरएन जापानको पहलमा छात्रवृति, विद्यार्थीहरूको नामावली प्रकाशन

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानले IHNO (international human resource network organaization )संगको सहकार्यमा जापानमा अध्यायनरत नेपाली विद्यार्थी हरुलाई लक्षितगरी ल्याएको छात्रवृति कार्यक्रमको आन्तिम नामावली प्रकाशन गरेको छ ।
छात्रवृतिका लागि छनौट भएका विद्यार्थीहरुले २०१८ /१२/१५ बाट नामावलीमा उल्लेख भए अनुसारको छात्रवृति रकम प्राप्त गर्ने छन् ।

एनआरएनए जापानले ३० जना नेपाली विद्यार्थीलाइ लक्षित,पहिलो पटक ल्याएको छात्रवृति परियोजनाको सूचना प्रकाशित गरेपछि जापानभरिबाट ३९ जना नेपाली विद्यार्थी हरुको आबेदन परेको थियो । जसमध्ये १५ जना विद्यार्थीमात्रै छात्रवृतिको लागि छनौट भएका छन् । बाँकी विद्यार्थीहरु, सँस्थाले मागेको सामान्य कागजपत्र र मापदण्ड पुरा गर्न नसक्दा छात्रवृतिको छनौटमा पर्नबाट बञ्चित भएका छन।

नोभेम्वर १५ बाट प्रदान गरिने भनेको छात्रवृति आवेदक विद्यार्थीहरुले आवाश्यक डकुमेन्ट र आफु अध्ययनरत बिद्यालयबाट सिफारिस ल्याउन ढिला गरेपछि प्रक्रिया पुरा गर्न थप १ महिना समय लागेको एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतले जानकारी दिनुभयो ।

उज्ज्वल भबिस्यको सपना बोकेर पछिल्लो समय जापान आउने नेपाली विद्यार्थी हरुको संख्या बढ्दै गएको र पढ्न चाहने विद्यार्थीले काम र दैनिक खर्चको तनावमा अध्यायनमा सोचे जस्तो उपलब्धि हासिल गर्न नसकी रहेको अबस्थामा NRNA जापानले विद्यार्थी लक्षित छात्रवृति कार्यक्रम अगाडी सारेको थियो।एनआरएनए अध्यक्ष टासी वांग्दी लामाका अनुसार, पहिलो चरणको यो प्रकृया सकिएसंगै पुन दोश्रो चरणका लागि तयारी भईरहेको छ । अध्यक्ष लामाले,केहि दिनमै दोश्रो चरणको छात्रवृतीका बारेमा औपचारिक जानकारी गराईने पनि बताउनुभयो ।

छात्रवृतिको लागि छनौट भएका विद्यार्थी हरुको नामावली निम्नानुसार रहेको छ ।
१) बिबेक गौतम२)बिजय कुमार बल ३)अमित सुवेदी ४)दिपक जोशी,५)सुमन थपलिया ६)कृष्ण प्रसाद भुसाल ७)रोशन राउत ८)निराजन भण्डारी ९)सगुन दाहाल १०)मदन पौडेल ११)जल रोकाया १२) सुमन भुसाल १३) माया तामांग १४) महेश बिस्ट १५) तुल प्रसाद चोचाँगी ।

छात्रवृत्ती रकम भने,छनौटमा परेका विद्यार्थीहरुको कामको( सातामा काम गरेको कुल समयको)आधारमा निर्धारण गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया