काठमाडौं । राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष तथा चर्चित गायक राजेन्द्र कुमार कार्कीको नयाँ गित “चोयाको डोको “बजारमा सार्वजनिक भएको छ ।
सोमवारबाट उक्त गीत “चोयाको डोको“ बजारमा आएको हो ।
दमौलीमा गेट,पापी संसार,माला ढुङ्गामा जस्ता गितका गायक तथा सर्जक कार्की र मनिषा मैनालीको आवाजमा रहेको उक्त गित रमाइलो खालको कथा बस्तु समेटिएको छ।चर्चित गायक तथा सङ्गीतकार अमृत खातीको उत्कृष्ट लय सृजना भित्र शरद राज मैनालीको शब्द रचनाको समिश्रण रहेको छ ।चर्चित मोडेल सन्जिव ठकुरी र रीना थापाको अभिनय रहेको उक्त गितमा बासु बरालले छायांकन र मनोज कार्की सम्पादन रहेको छ। देबेन्द्र पाण्डेको निर्देशन रहेको उक्त गितको म्युजिक भिडियो सम्पुर्ण म्युजिक प्रालीले बजार ब्यबस्थापन गरेको छ । मातृ सन्देश टिभीको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरेको उक्त गितबाट गित सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सकिने छ ।

