टोकियो । जापानबाट नेपाल लगायत संसारभर रेमिट्यान्स कारोबार गरिरहेको जापान रेमिट फाइनान्स (जेआरएफ)ले इकेबुकुरोपछि आफ्नो अर्को शाखा विस्तार गरेको छ ।
जापानको साइतामा केनस्थित खावा गुची शिको खावा गुची स्टेसनस्थित कार्यालयको आईतबार एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । शाखा बिस्तार कार्यक्रममा जेआरएफबाट पैसा पठाएमा नेपाल राज्य भरिकै बैंकमा जम्मा गर्न सकिने जानकारी दिइयो । नेपालका सम्पूर्ण बैंकमा डिपोजिट र नेपालका ९ हजारभन्दा बढी एजेन्टबाट रकम भुक्तानी लिन सकिने कम्पनीका नेपाल डिभिजन प्रमुख ॠषि आचार्यले बताए ।
कम्पनीले हालसालै सञ्चालनमा ल्याएको ब्ल्याक कार्ड र रेड कार्डबारे पनि जानकारी दिएको थियो । उनले रेड कार्डमार्फत् ग्राहकले आफैंले जेपी बैंकमार्फत् आफूले चाहेको व्यक्तिलाई रकम पठाउन सकिने जानकारी दिए । ग्राहकको मागलाई ध्यान दिँदै खावागुचीमा पनि जेआरएफको शाखा बिस्तार गरेको खावागुची शाखा म्यानेजर ईश्वर भट्टराईले जानकारी दिए ।
लामो समयदेखि राम्रो सेवा प्रदान गर्दै आएको जेआरएफले छिटो, छरितो र विश्वासिलो ढंगबाट सेवा प्रवाह गरिरहेको दावी गर्दै आएको छ । जेआरएफ उच्च दर र राम्रो सेवाका कारण जापानमा रहेका प्रवासी नेपाली ग्राहकबीच लोकप्रिय रहेको छ ।
जापान रेमिट फाइनान्स (जेआरएफ) को आफ्नै शाखा कम्पनी भेतनाम फिलिपिन्स, मलेसिया ,बाङ्लादेश ,कोरियामा पनि रहेको छ । छिट्टै यूरोपमा पनि यसको शाखा खोलिने कम्पनीले जनाएको छ ।

