जापान । नेपाल तामाङ समाज जापानले तामाङहरूको महान पर्ब सोनाम ल्होछार कार्यक्रम प्रयेक बर्ष झै यसपालि पनि नेपालबाट ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रण गरी जापानको बिभिन्न शहरमा ल्होछार मनाउने भएको छ।
कार्यक्रमलाई मध्यनजर नेपालबाट जापानमा आफ्नो आफन्तहरूलाई बोलाउन १ महिने निशुल्क डकुमेन्टेशन तथा परामर्श सेवा संचालान गर्ने भएको छ। लामो समयसम्म परिवारजनबाट टाढिएर काम व्यस्थता एव् आफन्तहरूलाई चाहेर पनि बोलाउने प्रक्रियाहरू थाहा नहुने जापान बासी सम्पुर्ण तामाङ दाजुभाईतथा दिदिबहिनीहरूको आफन्तलाई जापान घुमाउने अाकाक्षा पुरा गर्ने उद्देश्यले यो अभियान सुरू गर्न लागिएको समाजको महासचिब हिमाल लामाले बताउनु भएको हो ।
यो अभियान यहि डिसेम्बर १५ देखि जनवरी १५ को अवधिसम्म १ महिनाको रहने छ। जापानको कुनै पनि ठाँउमा भएपनि समाजको फेसबुक पेज वा ईमेल मार्फत जोडिन सकिने छ।समाजले यसपालिको ल्होछार कार्यक्रम आगामी फेब्रुअरी १७ मा मेगुरो कुमिन सेन्टर टोक्योमा गर्ने तयारी भईरहेको समाजको अध्यक्ष कुमार मोक्तानले जानकारी दिनु भएको छ ।
Email: nepal.tsj@gmail.com

