बिहिबार, असार ११, २०८३

शारीरिक अपाङ्गता भएका नेपालीलाई ह्वीलचियर उपलब्ध गराउन एनआरएनए जापानबीच टोकियोमा सम्झौता

जापान । शारीरिक अपाङ्गता भएका नेपालीका लागि जीवन सहज तुल्याउन आवश्यक पर्ने ह्वीलचियर उपलब्ध गराएर परोपकार गर्दै आएका एनआरएन अगुवा कपिलदेव थापाको सक्रियतामा जापानबाट थप ह्वीलचियर उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिएको छ ।
एनआरएनए जापानको टोकियोस्थित कार्यालयमा शुक्रबार एनआरएनए राष्ट्रिय समन्वय परिषद जापान र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदबीच सम्झौता भएको हो । शारीरिक रूपमा अशक्त, अपाड्गता भएका नेपालवासी दाजुभाइ दिदीबहिनीलाई एनआरएनए जापानबाट आवश्यक ह्वीलचियर उपलब्ध गराउने विषयमा एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्दी लामा र अन्तर्राष्ट्रिय समन्वय परिषदका संयोजक कपिलदेव थापाबीच सम्झौता भएको हो ।

सम्झौतानुसार आवश्यक मागबमोजिम ह्वीलचियर उपलब्ध गराइने र उपलब्ध ह्वीलचियर एनआरएन जापानले नेपालमा सेवाग्राहीसम्म पुर्याउने कार्य गरिने एनआरएनए आईसीसी मानवीय कल्याणकारी सहयोग समितिका संयोजक कपिलदेव थापाले जानकारी दिएका छन् ।