जापान । भर्खरै नेपालका ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै डिसेम्वर ८ तारीक शनिबारको दिन फुकुओकाको च्युओ सिमिन सेन्टरमा नेपालको बहुचर्चित चलचित्र छक्का पन्जा ३ प्रदर्शन हुने भएको छ ।
जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै गईरहेको कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारि दिएका थिए ।
हालसम्म १८ नोभेम्बर मा टोकियो, ५ डिसेम्बर ओकिनावा, ८ डिसेम्बर फुकुओका, १३ डिसेम्बर चिबा, १६ डिसेम्बर तोचिगि, २० डिसेम्बर ओशाका, २३ डिसेम्बर पुन टोकियो, ६ जनवरी गुन्मा, १३ जनवरी निगाता गरि प्रदर्शनको स्थानहरु तय भईरहेको र अन्य स्थान क्रमिक रुपमा तय गरीने बताईएको छ ।
दिपकराज गिरी र दिपाश्री निरौलादको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा ३ ले नेपालको राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।
यहि डिसेम्बर ८ तारीक शनिबार आइतवार च्युओ सिमिन सेन्टरमा साँझ ६ बजेबाट प्रदर्शन हुने चलचित्रको टिकटदर एडभान्समा २,००० र डोरमा ३,००० तय गरिएको छ ।
आकासाका चिखातेजु स्टेसन बाट पैदल ३ मिनेट लाग्ने च्युओ सिमिन सेन्टरको हलमा प्रदर्शन हुने चलचित्रको टिकट नपाउनुभएको भए हलको काउन्टरमै पनि लिन सकिने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

