बिहिबार, असार ११, २०८३

टोकियोमा जापानी गायिकाले च्यारिटी कार्यक्रम गर्ने

टोकियो । करिव दुई दशक भन्दा बढी समय नेपालमा विताएकी गायिका तथा समाजसेवा कार्यमा सकृय जापानी नागरिक सुन्दरी मिकाले नेपाली बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरेकी छन ।

टोकियो सुगिनामी कुको कोएन्जी स्टेशन नजिकै आगामी डिसेम्वर २२ तारिकका दिन बालबालिका शिक्षामा सायोग गर्ने उदेश्यले कार्यक्रम गर्न लागेकी हुन। कलिला बालबालिकाहरुको शिक्षामा आफनो तर्फबाट सानोसानो सहयोग संकलन गरेर नेपालमा हस्तान्तरण गर्ने योजना अनुरुप हरेक वर्ष आयोजना हुदै आएको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेकी हुन। विगत १४ वर्षयता सांगीतिक कार्यक्रम सहित नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउदै आएकी जापानी नागरिक मिका ताकागी सुन्दरी मिकाले यस वर्षको कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्ने लक्ष्य राखेकी छन ।
जापानी नागरिकहरुको उल्लेख्य सहभागिता हुने कार्यक्रममा जापानीहरुसंग परिचय सहित आपसी भाईचारा अभिवृद्धि हुने भएकाले सुन्दरीले जापानवासी नेपालीहरुलाई समेत सहभगिताका लागि अपील गरेकी छन।
नेवारी सहित विभिन्न नेपाली गीत गाउदै आएकी मिकाले नेपालमा दुई वटा एल्वम सहित दर्जनौ गीत गाईकसेकी छन ।
यस पटकको कार्यक्रममा उनले नेपाली बालिकाको कथामा आधारित एक वृतचित्र तथा टोकियो विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका नेपाली युवा दिनेश रतला जोशीले विशेष जानकारी दिनेछन। दिउसो एक वजेबाट सुरु हुने कार्यक्रममा सशुल्क निर्धारण गरिएको छ ।