काठमाडौं । मिस नेपाल श्रृङखला खतिवडा मिस वर्ल्ड २०१८ को फाईनलमा प्रबेश गरेकी छिन् ।
उनले मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्ड को फाईनलमा स्थान बनाएकी हुन् भने टुरिज्म भिडियो च्यालेन्जमा पनि नेपालले तेस्रो स्थान बनाउँन सफल भएको छ ।
सामाजिक सञ्जाल र मिस वर्ल्डको वेभसाईटमा गरिएका भोटहरु , सेयर र कमेण्टहरु आधार बनाएर श्रृङखलाले मल्टिमिडियाको अवार्ड जित्दै फाईनलमा स्थान बनाईन् ।
नेपालले पहिलो पटक फाईनलमा स्थान बनाएसंगै नेपालीहरुमा उत्साहा छाएको छ । उनलाई नेपाल लगायत बिदेशीहरुले पनि शुभकामना दिईरहेका छन् । यस पटकको मिस वर्ल्ड मा श्रृङखला जतिको चर्चा र प्रशंसा अरु सुन्दरीहरुको कमै भएको थियो । विश्वभरीका सुन्दरी प्रतियोगिताका प्रेडिक्टरहरुको नजरमा श्रृङखला परेपछि उनलाई लिएर नेपालीहरु ज्यादै उत्साहित र आसावादी बनेका थिए ।
२३ वर्षीया शृङ्खलाको पिता विरोध खतिवडा र आमा मनु सिग्देल दुवै सांसद हुन् । हेटौंडाकी शृङ्खलाले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर पढेकी छन् नेपाली मिस नेपालहरुले मिस वर्ल्डमा हालसम्म कुनै उपलब्धी पाएका छैनन ।
इशानी श्रेष्ठले सन् २०१३ मा मा टप १० सम्म पुग्न सफल भएकी थिईन् भने ब्युटी विथ अ प्रपोजको टाइटल समेत जितेकी थिईन् ।त्यस यता मिस वर्ल्डको यात्रामा मिस नेपाल खाली हात नै फर्किएका छन् । त्यसैले पनि यस पटक शृङ्खलाले देशको नाम चम्काउँदै मिस वर्ल्डको उपाधी पनि जित्छिन् की भन्ने आसा नेपालीहरुमाझ झनै बढेको छ ।

