टोकियो । तमुधी जापानले आउदो जनवरी २ मा गुरुङ समुदायको नयॉ वर्ष तमु ल्होसार साँझ २०१९ विविध सांस्कृतिक कार्यक्रम गरि मनाउने भएका छ ।
टोकियोको सिन्जुकुमा ल्होसार मनाउने निर्णय भएको तमूधी जापानका अध्यक्ष अनिता गुरुङले जानकारी दिनुभएको हो । हालै सम्पन्न तमूधीको बैठकले यस पटकको ल्होसार सम्पन्न गर्न उपाध्यक्ष सौगात गुरुङलाई संयोजक बनाई उपसमिति गठन गरेको छ । गुरुङहरुको पहिचान रहेको सांस्कृतिक प्रस्तुतीहरुसहित विविध कार्यक्रम गरी ल्होसार सॉझ २०१९ मनाउने संयोजक सौगत गुरुङले बताउनुभयो ।
ल्होसार साँझलाई सम्पन्न गर्न विभिन्न उपसमितिहरु निर्माण गरि कार्य विभाजन समेत गरिएको छ । जस अनुसार तमु धि जापानको नोभेम्वर ११ सारंगी ओमोरीमा बसेको बैठकले नेपालबाट राष्ट्रीयस्तरको कलाकारको भिषा आवेदन यथासिघ्र गर्ने जसको लागि संरक्षक भीम गुरुङ, संयोजक सौगात गुरुङ, अध्यक्ष अनिता गुरुङ र उपाध्यक्ष अमर गुरुङलाई ज़िम्मा दिएको छ । श्रष्ट, सर्जक तथा वरिष्ठ कलाकार छत्र गुरुङलाई तमु ल्होसारको कार्यक्रममा तमु धींको “मानर्थ सद्स्य पदसहित” सम्मान गरिनेसमेत निर्णय गरेको तमु धि जापानले जानकारी दिएको छ ।
सो तमु ल्होसार २०१९ कार्यक्रम सफल बनाउनको लागि टिकट छपाईको जिम्मा सल्लहकार ओम गुरुङ (JME)लाई जिम्मा दिने र टिकटको मुल्य ३००० येन राखीएको छ ।
साउन्ड सिस्टम र मन्चको प्रायोजन संरक्षक ईश्वर गुरुङले गर्ने छन भने प्रचार-प्रसार तथा मिडिया संयोजक लागी मोहन घले,मन्च सजावटको लागी हर्क गुरुङ, युक्तमान गुरुङ, याम गुरुङ सो दिनको कार्यक्रम अतिथि सत्कार तथा स्वागत लागी हिमाली गुरुङ, वसन्ती गुरुङ, ईश्वर गुरुङ , दिनेश गुरुङ, अमर गुरुङ, श्री गुरुङ, भीम गुरुङ,तामाको गाग्री लागी हिमाली गुरुङ,साँस्कृतिक कार्यक्रम संचालन लागी अमर, युक्त गुरुङ , ओम प्रकाश गुरुङ, माया गुरुङ र पुनम गुरुङ र तमु पहिचानसहितको झाँकीको लागी – पदम प्हच्यु गुरुङ, लिल गुरुङ, आरमान गुरुङ रहने छन ।
२०१९-१-१ तारिख दिउँसो २ वजे सवै कार्यसमिति कार्यक्रमस्थल पुग्ने र आवश्यक तयारी गर्ने तमुधि जापानले जनाएको छ ।
उक्त ल्होसार साँझ २०१९ भव्य रूपमा सफ़ल बनाउन जापानका स्थानीय कलाकार र नेपालबाट राष्ट्रीय कलाकारको प्रस्तुति रहने तमु धि जापानका महासचिव चित्र गुरुङले जानकारी दिनुभयो ।

