बुधबार, असार ०३, २०८३

१६ देखि ४५ बर्ष उमेर समुहका ‘मोटी युवती –२०१९’ सौन्दर्य प्रतियोगिता हुने

काठमाडौँ । राजधानीमा ओमनियाको प्रस्तुति तथा मोडेल सङ्स नेपाल प्रा.लि.को आयोजनामा ‘सुपर प्लस साईज मोडल नेपाल–२०१९’ सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

ओमनियाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्राका अनुसार यस प्रतियोगितामा अबिबाहित तथा बिबाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन । यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृद्धी गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार ‘सुपर प्लस साईज मोडल नेपाल-२०१९’ प्रतियोगितामा भाग लिनको लागि १६ देखि ४५ बर्ष उमेर समुहका महिला साथै उचाइ ४’८” र तौल ५५ केजी भन्दा माथिका प्रतियोगीहरु हुनुपर्नेछ । प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने मोडल सङ्स नेपालका प्रबन्ध निर्देशक डेविल सिंह राजपुतले जानकारी गराए ।

जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

डेविलका अनुसार बिजेताले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रि सौन्दर्य प्रतियोगिता टप अफ द वर्ल्ड प्लस साईज, २०१९ मा सहभागिता जनाउन पाउनेछन ।

प्रथम बिजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रीय सौन्दर्य प्रतियोगिता वर्ल्ड टप प्लस साईज, २०१९ मा सहभागिता जनाउन पाउनेछन ।

मोडल सङ्ग्स नेपालको ब्राण्ड एम्बासडरको रुपमा कार्य गर्ने अवसर प्रदान गरिने पनि आयोजकले जनाएको छ । त्यस्तै अनलाइन पत्रीका तथा अनलाईन म्यागाजिनमा मोडलिङ कन्ट्र्याक्ट र हरेक प्रतिस्पर्धिको निम्ति छुट्टाछुट्टै भिडियो प्रोफाइल बनाई बिन्ना म्यागाजिनमा प्रस्तुत गरिने बताइएको छ ।

त्यस्तै बिजेताले नगद पुरस्कार पचास हजार, प्रथम विजेतालाई तीस हजार, दोस्रो विजेतालाई बिस हजार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।