मङ्गलबार, बैशाख ०८, २०८३

टोकियोमा आध्यात्मिक कार्यक्रम सम्पन्न,१३ लाख येन संकलन

टोकियो । जापानमा पहिलो आध्यात्मिक कार्यक्रम टोकियोमा आइतबार भब्यताका साथ सम्पन्न भएको छ ।
उक्त आध्यात्मिक कार्यक्रमवाट १३ लाख येन भन्दा बढी रकम संकलन भएको र ५ लाख जजि उठन बाकी रहेको जनाएको छ ।

आध्यात्मिक सेवा केन्द्र जापानले एनआरएनए जापानले स्थापना गरेको आपतकालिन राहत कोषमा आर्थिक सहयोग जुटाउने शुभ कार्यका लागि र अध्यात्मिक सेवा केन्द्र जापानका आगामी बृहत कार्य योजनरूका लागि जापानबासी नेपालीहरूको सहयोग सहकार्य र सुझाबहरू संड्कलन सोलमारी मुरा हलमा यहि नोभेम्वर २३,२४ र २५ तारिक सम्म त्रि–दिवसीय श्रीमद्भागवत महापुराण वेद र बौद्ध दर्शन प्रवचन कार्यक्रमको आयोजना गरी वाचन प्रबिण आदर्णिय पं दीन बन्धु पोखरेलबाट अध्यात्मिक प्रबचन “सुक सुधा “ श्रवण र प्रसाद ग्रहणको कार्यक्रम जापानका लागि नेपाली राजदूत महामहिम प्रतीभा राणाको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।

वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल मुख्य बाचकि तथा जापानमै रहेका पण्डित देबिलाल सुबेदी उप–बाचकि रहेको कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका कलाकारहरु र धौलागिरी भजन समुह जापानले पण्डित पोखरेललाई संगीतमय भजनको लागि साथ दिएका थिए ।
एनआरएनए जापानको अक्षयकोषलाई सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक शालिकराम भण्डारीले जानकारी दिनेभयो ।

समापन कार्यक्रम सहयोग गर्ने सहयोगिहरुलाई कदर पत्रबाट सम्मान गरि बुद्धीराज घिमिरेको संचालन र कार्यक्रम संयोजक शालिकराम भण्डारीले धन्यवाद मन्तब्य दिनु भएको थियो