टोकियो । धादिङ समाज जापानको तेस्रो अधिबेशन आगामी डिसेम्बर २९ शनिबारको दिनमा हुने भएको छ ।
सोमवार टोकियोको नेवास् डाईनिन्गमा सम्पन्न भएको कार्यसमितिको बैठकले जापानमा हालसालै निधन हुनु भएका एनआरएनए केन्द्रिय अध्यक्ष भबन भट्टका पिता तथा पुर्ब बाणिज्य राज्यमन्त्री यदुप्रसाद भट्टको निधनमा गहिरो दुस्ख प्रकट गर्दै सोक सन्तप्त परिवारमा हार्दिक समबेदना प्रकट पनि गरेको छ । उक्त बैठकले समाजका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षतामा ८ सदस्यीय अधिबेशन आयोजक कमिटी गठन गरेको समाजका महासचिब दिनेश लोहनीले जानकारी गराउनुभयो । एक फरक प्रसन्न्गमा जापानमा नयाँ बर्षको सुरुवातीसँगै बिदाको समय पनि पर्ने भएकोले धेरै धादिङबासीको सहभागिता हुने कुरामा ढुक्क छौं। भन्दै लोहनीले आजैदेखि सम्पुर्ण जापानबासी धादिङगेलाई समय छुट्याउनको लागि आग्रह गर्नुभयो ।
अधिबेशनको कार्यक्रम डिसेम्बर २९ शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सोलमारी मुरा हल टोकियोमा हुने जनाएको छ ।

