टोकियो । गैरआवासिय नेपाली संघ आईसीसी (एनआरएन) अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । अध्यक्ष भट्टका बुबा यदुप्रसाद भट्टको जपानस्थित जापान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आईतवार निधन भएको हो ।
स्वर्गीय यदुप्रसाद भट्ट २०३९ सालमा वाणिज्य सहायक मन्त्री भएका थिए ।
सुगर रोगका बिरामी भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएपछि जपानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो ।
गोरखा जिल्ला भीमसेन गाउँपालिका ओख्लेमा जन्मिएका भट्टले जिल्लाको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वर्गीय भट्टका तीन छोरा, तीन छोरी र श्रीमती छन् ।
स्वर्गीय भट्टको शवलाई नेपाल लाने तयारी भइरहेको जनाएको छ ।
स्व.भट्टको पार्थिव शरिर छिट्टै नेपाल लगिने
जापानमै निधन हुनुभएका पूर्वमन्त्री यदुप्रसाद भट्टको पार्थिव शरीरलाई जतिसक्दो छिटो नेपाल लैजाने तैयारी भईरहेको पारिवारिक स्रोतले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार उहाँको पार्थिव शरीरलाई नेपाल लैजानका लागि आवश्यक प्रक्रिया तिब्रताका साथ अगाडि बढाईएको र जतिसक्दो छिटो नेपाल लैजाने तैयारी भईरहेको छ ।
नेपाल लैजाने प्रक्रियाअनुसार उहाँको पार्थिव शरीर अस्पतालबाट अन्यत्र सारिएको छ । श्रद्धाञ्जलीका लागि डिसेम्बर १५ तारीख़ टोकियोमा शोक सभाको आयोजना
स्रोतले जनाएको छ ।

