मङ्गलबार, बैशाख ०८, २०८३

नारायणहिटी दरबार संग्राहलयका थप १० कक्षहरु सर्वसाधाराणका लागि खुला

काठमाडौं । रानीको श्रृङ्गार कक्षदेखि पाहुना सुत्ने कक्षहरुसम्म नारायणहिटी दरबार संग्राहलयका थप १० वटा कक्षहरु सर्वसाधाराणका लागि खुला भएका छन् ।
शुक्रबार पर्यटनमन्त्री रविन्द्र अधिकारीले नारायणहिटी दरबारका खुल्न बाँकी १० वटा कक्ष सर्वसाधारणका लागि औपचारिक रुपमा खुला गरेका छन् ।
सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अंगरक्षकको कक्ष खुला भयो ।

सिन्धुली कक्षः यो श्रृङ्गार कक्ष हो । यसमा तत्कालीन रानीले पोशाक पहिरिने, श्रृङ्गार गर्ने, तथा दिउासोको खानापछि आराम गर्ने गर्थिन् ।
पर्यटन मन्त्री अधिकारीले अब दरबारमा फिल्म थिएटर र पुस्तकालय मात्रै सर्वसाधारणका लागि खोल्न बाँकी रहेको बताए ।
उनका अनुसार यी दुई कक्ष पनि खोलेपछि नारायणहिटी दरबार रहस्यमय नरहने बताए । संग्राहलयमा श्रीपेचसहित राजदण्ड पनि प्रदर्शनमा राखिसकिएको छ ।

संग्राहलयमा कुल ५२ वटा कक्ष भएपनि ३१ वटा मात्रै खुला भएको छ । दरबारको एक भाग पूर्व मुमाबडामहारानीले जीवन पर्यन्त उपभोग गर्न पाउने गरी सरकारले अनुमति दिएकाले अरु २२ कक्ष भने ततकालै खोल्न नसकिने दरबार संग्राहलयले जनाएको छ ।