जापान । टोकियोमा नेपाली चलचित्र ईतिहासमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ हरेक दिन १ शो हुने हुने भएको छ । टोकियोको सिन्जुकुमा हुने शो को बुकिंग खुल्ला गरिएको छ ।
यति बेला नेपाली सिने नगरीमा चलचित्र छक्का पन्जा ३ ले एक पछि अर्को रेकर्ड बनाउदै गैरहेको वेला देश विदेशमा चलचित्र छक्का पन्जा ३ को माग बढेको छ ।
नेपाली चलचित्रको राम्रै बिदेशी बजार भनेर चिनिएको जापानमा छक्का पन्जा-३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गर्ने देखिएको जापानका विक्रेता सुर्य सुर्य कर्पोरेसन लिमिटेडले जनाएको छ । जापानमा यस अघि सम्म अन्य चलचित्रको हिसाबमा ५/७ स्थानमा सफल प्रदर्शन भैसकेको रेकर्ड रहेको थियो भने पहिलोपटक जापानमा १५ बढि स्थानमा सो हुने भएकोले अब यो रेकर्डलाई छक्का पन्जा-३ ले तोडिदिने भएको छ ।
नेपालीहरुको बाक्लो बसोबास हुदै गरेको जापानको भर्खरै नेपालका ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्यले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको पहिलो शो हाउसफ़ुल भएको थियो ।
चलचित्र हेर्ने तिब्र इक्छाका बाबजुत समय नमिल्ने दर्शकको लागि यो एक खुसिको खबर मौक़ा हुनसक्ने बुजिएको छ । सिन्जुकु, सिनओकुवो र ओकुबो स्टेसनबाट १० मिनेटको दुरीको, सिन्जुकुको काबुकिच्योमा रहेको बादशाह रेष्टुरेण्ट एन्ड बारमा हुने शो हरेक दिन साँझ ६ बजेबाट ९ बजेसम्म चल्ने जनाएको छ । अग्रिम बुकिंग गरेको खन्डमा २,००० र डोरमा ३,००० तय गरिएको टिकट दरमा १ पेय पदार्थ, फ्रि सर्भिसको ब्यवस्था गरिएको छ ।
जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै गईरहेको कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिएका छन ।
जापानको यी शहरहरुमा चलचित्र छक्का पन्जा ३ को प्रदशन हुने छ जसमा ५ डिसेम्बर ओकिनावा,८ डिसेम्बर फुकुओका, १३ डिसेम्बर चिबा, १६ डिसेम्बर तोचिगि,२० डिसेम्बर ओशाका,२३ डिसेम्बर पुनस् टोकियो
अन्य निम्न शहरहरुमा नागोया,सिजुओका,निगाता,गुन्मा,सेन्दाई,फुकुसिमा,योकोहामा,कोबे ,हिरोसिमा,नागासाकी,ओगोरी,तोसु,कुरुमे,ईबाराकी,कुमामातो,किताक्युस्यु,होक्काईदो क्रमिक रुपमा छिटै प्रदर्शनको मिति पब्लिश गरिने कर्पोरेसनले बताएको छ ।
सुर्य कर्पोरेसनका प्रबन्ध निर्देशक तथा जापानका लागि चलचित्रको आधिकारिक बिक्रेता बाशुदेव लामिछाने भन्नुहुन्छ, चलचित्र छक्का पन्जा (३ को सफलताले हामी नेपाली चलचित्र प्रदर्शकलाई नयाँ हौशला मिलेको छ र निकट भबिष्यमा यसले नेपाली चलचित्रको बिदेशी बजारमा दिर्घकालिन प्रभाव पार्ने छ। यो रेकर्ड संगै अब भने नेपाली चलचित्रले देश भित्र मात्र नभई बिदेशी भुमिमा समेत प्रभाव बढाएको छ । दिपाश्री निरौला द्वारा निर्देशित चलचित्र छक्का पन्जा ३ मा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङ् लगायतका कलाकारको अभिनय रहेको छ ।
छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा-३ ले नेपालको अवस्था राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।
टोकियोमा आईतबार को त्यो दिन निकै कार्यक्रमहरु जुधेर आउन नपाएको गुनासोलाई मध्यनजर गर्दै टोकियोको सोहि हल मेगुरो कुमिन सेन्टरमा यहि डिसेम्बर २३ तारिख साँझ ६ बजेबाट पुन सो गरिने कर्पोरेसनले जनाएको छ ।
यो लिंक बाट Online System बाट पनि टिकट बुक गर्न सकिनेछ । https://suryacorpo.com/online-ticketing/

