जापान । सरकारको निमन्त्रणामा जापान जापान । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जापानका नीजिक्षेत्रका लगानीकर्ताहरुलाई र्निधक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ।
जापानको औपचारिक भ्रमणमा रहनु भएका मंगलबार टोकियोमा आयोजित नेपाल इन्भेष्टमेन्ट सेमिनारलार्इ सम्वोधन गर्दै वर्तमान सरकारले तिव्रगतिमा विकासका योजनाहरु सार्वजानिक गरेको अवस्थामा सरकारी तथा नीजि क्षेत्रले विनाकुनै संकोच लगानी गर्ने वातावरण निमार्ण गरेको दावी गर्नुभयो। नेपाल जापानको लामो समयको सम्वन्धलाई निरन्तरता दिदै एकआपसमा द्धिपक्षीय परस्पर सहयोगको अवस्थालाई थप मजवुत बताउने बेला आएको उहाँले बताउनुभयो।
वर्तमान सरकारले समृद्ध नेपाल निमार्णका लागि तिव्र विकासका योजना सार्वजानिक गरेकाले कृषिमा आधुनिकिकरण, पूर्वाधार निमार्ण, सूचना प्रविधी, रेलसेवा, पर्यटन, स्वास्थ्य, विधुतीकरण लगायतका क्षेत्रमा नयाँ लगानी चाहेको बताउनु भयो। यस्ता धेरै क्षेत्रमा नीजि क्षेत्रले लगानी गरेर फाईदा उठाउनसक्ने आस्वास्थ पार्नुभयो। सरकारले लगानी वोर्डको गठन गरेर विविधि क्षेत्रमा लगानी गर्नसक्ने प्रष्ट खाका तयार गरेको बताउनुभयो। नेपालमा हुने लगानी सुरक्षित गर्न वर्तमान सरकारले हरतरहले विश्वस्त पार्ने बताउदै उहाँले भारत, चीन, हङकङ लगायतका धेरै मुलुकले तयारी गरिसकेको सो अवसरमा जानकारी गराउनु भएको थियो।
सोही कार्यक्रममा लगनी वोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले नेपाल विकासका लागि वर्तमान सरकारले क्षेत्रगत हिसावले विविध स्तर समेत निर्धारण गरेको भन्दै नेपालको भौगोलिक अवस्था र सम्भावनाका बारेमा आफनो प्रस्तुति राख्नु भएको थियो।
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जापान ईन्टरनेशनल कोअपरेशन एजेन्सी जाईकाका तर्फबाट नेपाली लगानी वोर्ड वैदेशिक लगानी सल्लाहकार मिकिओ तामादाले एक दशक अघिको नेपालको अवस्था र अहिलेको अवस्था धेरै परिवर्तन भएकाले लगानी गर्ने बातावरण तयार भएको जानकारी गराएका थिए। नेपालमा पहिले राजनीतिक अवस्थाका कारण लगानी गर्न अप्ठयारो भएको स्मरण गराउदै अहिले त्यो अवस्था नरहेको धारणा राख्नुभएको थियो।
यसैगरि सोही अवसरमा नेपालमा थोरै लगानीमा व्रिकेट ईटा कम्पनी स्थापना गरेर राम्रो व्यवसाय स्थापित गरेको भिडियो प्रर्दशन गर्दै ईकेन कम्पनी जापानका हिदेआकी हाचियाँले नेपाल धेरै सं०भावनाको मुलुक रहेको धारणा राखेका थिए।
समारोहमा जापान एक्सनल ट्रेड अर्गनाईजेशन जेट्रोका उपाध्यक्ष नाओयासी नोगुची, युएन ईण्ड्रष्ट्रियल डेभलपमेन्ट अर्गनाईजेशन जापानका उपप्रमुख फ्रेडा जेलिगिनले समेत सम्वोधन गरेका थिए।
समारोहमा जापानका तीनसय बढी नीजि कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो।

