मङ्गलबार, जेठ २६, २०८३

गायक घनश्याम पहरीको आठौं गीत “असल साथी”अब छिट्टै बजारमा आउने

ललितपुर । बहुप्रतिभाशाली सर्जक तथा गायक घनश्याम पहरीको आठौ गीति एल्बम “असल साथी”अब छिट्टै बजारमा आउने भएको छ ।
मिडिया पहिचान प्रालि को पहिलो प्रस्तुति रहेको उक्त गीतलाई कामना डिजिटल प्रालिले बजार ब्यबस्थापन गरेको छ ।

उक्त म्यूज़िक भिड़ीयो अब छिट्टै बजारमा ल्याउने तयारी रहेको सर्जक घनश्याम पहरीले जानकारी दिनु भयो ।
यस एल्बममा गायक घनश्याम पहरी र चर्चित गायिका देबि घर्ती मगरको स्वर रहने छ भने अभिनय भने मोडल सगुना न्यौपाने गर्ने भएकी छिन ।
यस म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान र बाशु बरालले छायांकन गर्ने भएका छन् । उक्त म्यूज़िक भिडियोलाई अनुप बिक्रम सिवाकोटीको सम्पादन रहने छ ।
यो गित तथा म्युजिक भिडियो लाई कामना डिजिटल प्रालि बजारमा ल्याउने भएको छ । गीति एल्बम मा निर्माण हुने भिडियो अहिले सम्मकै चर्चा पाउने उनको भनाई छ । यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई दिदै हाम्रो तर्फबाट पनी सफलताको शुभकामना ।