शुक्रबार, चैत १६, २०८०

नेपाल र जापानविच खाद्य सहायतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर हुने : मन्त्री ज्ञवाली

शान्तकुमार पहरी,जापान । जापान सरकारको औपचारिक निमन्त्रणामा टोकियो आईपुग्नु भएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खाद्य सहायतासम्बन्धी सम्झौता हुने बताउनु भएको छ ।
जापानको राजधानी टोकियोमा आईतवार साँझ जापानका लागी नेपाली राजदूत प्रतिभा राणाले आयोजना गरेको स्वागत तथा रात्रिभोज कार्यक्रममा पत्रकारहरूसंग कुराकानी गर्दै मन्त्री ज्ञवालीले खाद्य सहायता सहयोग सम्झौतासम्बन्धी हस्ताक्षर हुने जानकारी दिनुभयो ।
खाद्य सहयता लगाएत प्रविधि तथा कृषिको आधुनिकीकरणमा जापानी सहायता जुटाउन केन्द्रित रहने भ्रमणको क्रममा रेलमार्ग र सडक निर्माणमा सहयोग जुटाउन आदि विषयमा सहमति र छफफल हुने बताउनू भयो ।

परराष्ट्रमन्त्रीज्ञवालीले गैरआवसीय नेपालीलाई देशको आर्थिक विकासको लागि सरकारको साझेदार बन्न आग्रह गर्नुभएको छ । एनआरएन एनसीसी जापानले टोक्योमा आयोजना गरेको नेपाल–जापान परराष्ट्र सम्वन्ध विषयक कार्यक्रममा बोल्दै उहाँले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा सहभागी बन्न आग्रह गर्नुभएको हो ।

कार्यक्रममा नेपाली राजदूत प्रतिभा राणा, एनआरएनका अध्यक्ष भवन भट्ट, एनआरएन एसिया प्यासिफिक कोर्डिनेटर किरणविक्रम थापा र एनआरएन एनसीसी जापानका अध्यक्ष टासी वाङदी लामा लगाएत्ले पनि नेपालको विकासका लागि सबैले आ–आफ्नो ठाउबाट लाग्नु पर्ने धारणा राख्न भयो ।