बिहिबार, असार ११, २०८३

टोकियोमा दिनवन्धु पोखरेलले वेद र बुद्ध सम्बन्धी दुई दिन आध्यात्मिक प्रवचन दिने

शान्तकुमार पहरी,जापान । आध्यात्मिक सेवा केन्द्र जापानको आयोजनामा वाचन प्रवीण दिनवन्धु पोखरेलले आध्यात्मिक प्रवचन दिने भएका छन ।
जापानको राजधानी टोकियोमा नोभेम्वर २४ र २५ तारिख दुई दिन आध्यात्मिक प्रवचन संचालन हुने भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आकस्मिक सहयोग राहतकोषका लागि सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रवचनमा जापानवासी नेपालीहरूले विविध पुजा गर्न सकिने प्रवन्ध गर्न लागिएको कार्यक्रम संयोजक शालिकराम भण्डारीले जानकारी दिनुभयो।

दुई दिन संचालन हुने सो श्रीमदभागवत महापुराण तथा बेद र बुद्द सम्बन्धी आध्यात्मिक प्रवचन कार्यक्रममा जापानवासी नेपालीहरूले सामुहिक रूपमा सहभागि भएर कथा श्रवण गर्न सकिने तयारी गरिएको एनआरएनए जापानका आध्यात्मिक सेवा केन्द्र जापानका अध्यक्ष कपिलदेब थापाले जानकारी दिनुभयो ।

जापानमा हिन्दु मन्दिर स्थापनार्थ तयारी गर्ने उद्देश्यले गत वर्षबाट विभिन्न चरणमा बृहत छलफल तथा अन्तकृया गरिए अनुरूप यसवर्ष पहिलाे चरणमा आध्यात्मिक प्रवचन कार्यक्रम अायाेजना गरिएको आध्यात्मिक सेवा केन्द्र जापानका अध्यक्ष थापाले बताउनु भयो ।

टोकियो सिनओकुवो स्थित सोलमारी मुरा हलमा नोभेम्वर २४ र २५ तारिख तीन चरणमा हुने कार्यक्रमलाई दैनिक कार्यतालिका बिहान ९ बजेबाट १ बजेसम्म रुद्री पूंजा २ बजेबाट ५ बजे सम्म कथा बाचन र ६ बजेबाट भजन कृतन हुने आयोजक संस्थाले जनाएको छ ।