सोमबार, बैशाख ०७, २०८३

मोडलिङ क्षेत्रमा जम्दै मनिषा सापकोटा

काठमाडौं । काठमाडौँ धुम्बाराहीकी मनिषा सापकोटा मोडलिङ क्षेत्रमा व्यवसायिक रुपमैं जमेर लागेकी छिन ।
उनि मोडलनायिका बन्ने चाहना लिएर यस क्षेत्रमा होमिएकी छन् ।

नृत्य तथा अभिनयमा पोख्त मोडल मनिषा सापकोटा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।
काठमाडौँ धुम्बाराहीको स्थायी बासिन्दा मनिषा सापकोटा बिगत दुई बर्ष देखि यस क्षेत्रमा आबद्द रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन । हेर्दा पनि निकै आकर्षण मोडल मनिषा, हासिरहने शालीन स्वभावकि छिन । मनिषा यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन । सानै उमेरदेखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने मनिषा अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिशरत छिन ।

केही म्युजिक भिडियोमा अभिनय गरि सकेकी मनिषाले टिभि एड, टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन । फेशन सो हरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी मोडल मनिषा भन्छिन, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु । उनी भन्छिन– ‘मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो ।
एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन।

स्नातक तहमा अध्ययनरत मनिषा परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी छिन ।