मङ्गलबार, जेठ २६, २०८३

छक्का पन्जा-३ जापानको विभिन्न शहरमा प्रदर्शन हुने

टोकियो । नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ जापानको विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।
नेपालमा अपार सफलता मिलेको हास्यव्यंग्य कलाकारहरूले अभिनय गरेको ‘छक्का पञ्जा ३’को जापानको मुख्य शहरहरुमा प्रदर्शनको तयारी गरेको हो ।
दिपा निरौला र दिपकराज गिरीद्वारा निर्मित चलचित्रमा अन्य ख्यातिप्राप्त कलाकारहरुको अभिनय हेर्न सकिन्छ । यस चलचित्रमा दीपाश्री निरौला,दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायत कलाकारको मुख्य भूमिका छ । ‘छक्का पञ्जा ३’ले नेपालको अस्वस्थ्य राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको निर्माणपक्षले जनाएको छ ।

जापानको मुख्य शहर टोक्यो,नागोया,फुकोओका,शिजुओका,ओकिनामा,तोचिकी,कोवे,निगाता,गुम्दा,सेन्दाई,
फुककशिमा,चिवा,योकोहामा,हिरोसिमा,ओगिरी,तोसु,कुरुमे,ईवाराकी,कुमामोतो,किताक्यूसु आदिस्थानहरुमा प्रदर्शनी हुने सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामीछानेले जानकारी दिएका छन् ।
नेपालको हलहरुमा असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको यस ‘छक्का पञ्जा ३’ले जापानको राजधानी टोकियोमा नोभेम्बर १८ आइतवार मेगुरो कुमिन सेन्टर हुने सूर्य कर्पोरेशनले जनाएको छ ।