सप्तरी । वरिष्ठ पत्रकार एवं जनतासंग सीधा कुरा कार्यक्रम प्रस्तोता रबी लामिछानेको विशेष पहलमा सम्पन्न मुशहर बस्ती हस्तान्तरण भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा न्यूज २४ टेलिभिजनको विशेष अभियानमा मुशहर वस्ती निर्माण सम्पन्न भएको थियो । साे वस्तीकाे मंगलवार एक कार्यक्रममार्फत हस्तान्तरण गरिएकाे हो ।
पुस २ गते सिलन्यास गरिएको आवास निर्माण तोकिएको मिति भन्दा ७० दिन अगाडि नै सम्पन्न भएसँगै मुशहरवासीलाई हस्तान्तरण गरिएको हो । वस्तीमा ५२ वटा घर निर्माण गरिएकाे छ ।
न्यूज २४ टेलिभिजनले जनताको साथ र सहयोगमा उठाएको रकमबाट निर्माण भएको वस्ती नेपालका प्रथम राष्ट्रपति रामवरण यादवकाे प्रमुख अातिथ्यमा हस्तानन्तरण गरिएकाे हाे ।
हस्तान्तरण कार्यक्रममा प्रथम राष्ट्रपति रामवरण यादवले बस्तीको अवलोकन समेत गर्नुभएको छ ।
२०७४ साउन २७ गते तरार्इका विभिन्न जिल्लासँगै सप्तरीको खाँडो नदीमा आएको बाढीका कारण कोइलाडी जलमग्न भएको थियो ।

