टोकियो । जापानबासी नेपालीको कानूनी समस्या र समाधानको लागी पहिलो चरणको छलफल सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ जापान र नेपाल पत्रकार महासंघ जापान शाखाका पदाधिकारी र विप्स लव एसोसिएटविच पहिलो चरणको छलफल सम्पन्न भएको हो ।
जापानमा रहेका जापानबासी नेपालीहरुका कानूनी समस्या र तिनको समाधानका साथै जापानबाट नेपालमा हुनसक्ने विदेशी लगानीको विषयमा आइतवार टोकियोमा छलफल भएको थियो । छलफलले नयाँ कार्यको थालनीलाई टेवा पुर्याउने र विप्स लव एसोसिएट निशुल्क परामर्श दिने कुरामा समेत छलफल
भएको थियो ।
सहमति भएपछी दुई पक्षविच सम्झौता हुने एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्डी लामाले बताउनु भयो ।
यो सम्झौताले जापानमा रहेर नेपाल लगानी गर्ने,कम्पनी बनाउने तथा पारिवारिक समस्याको समाधानको लागी जापान बसेर काम गर्न सकिने जनाएको छ ।
नेपाल बसेर जापानको क़ानूनी कामहरू गर्ने विप्स लव एसोसिएटका कानुन व्यावसायिक सन्तोष तिवारीले बताउनु भएको थियो ।

