मङ्गलबार, बैशाख ०८, २०८३

जापानमा नेपालीहरुले यसरी मनाए भाईटीका (फोटोफिचर)

शान्तकुमार पहरी,जापान । दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाउदैँ आएको पर्व तिहार हो ।

तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । नेपाली हिन्दूहरूको सबैभन्दा ठूला दोस्रो पर्व तिहार कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिनवबट तिहार सरु भई कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म जम्मा पाँच दिन मनाइन्छ ।

यो तिहार पर्वलाई घरदेशदेखि परदेशसम्म धमधामसाथ मनाएर विदाई गरेका छन् ।यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व नेपालमा मात्र हैन जापानका नेपालीहरुले पनि मनाएका छन् ।

जापानमा पेशा,ब्यवसाय,अध्ययन लगाएत विभिन्न शिलशिलामा रहेका जापानवासी नेपालीले रंगहरुको रमाईलो पर्व तिहार मनाएका हुन । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीले दाजुभाईलाई पूजा गर्नाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । सोह मान्यतानुसार आफनो पविार दिदीवहिनी नेपालमैं छोडे पनि आफ्नो सस्कार छोड्न भने सकेको छैन ।

भाइटीकाको टीका जसरी नेपालमा आज दिनभर लगाए जापानमा पनि नेपालको शुभ साइत र अन्य समयमा पनि टिका लगाएका छन् । भाईटिकाको मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम थियो तर जापानमा आफनो काम सकेर समय मिलाएर भाइटीका लगाएका छन् ।

जसरी नेपालमा तिहार दुई तिन दिन अघिदेखि देउसी भैलो खेली रमाईलो गर्छन त्यसरी नै जापानमा ब्यक्ति वा संस्थागत देउसी भैलो कार्यक्रम गरेर तिहार पर्व भित्राउने गर्दछन् ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ । दिदीबहिनीले जापानमा पनि टिकासहित मखमली फूलको माला, सेल रोटी,चकलेट अनि टोपी लगाएतको दिने गर्छन भने दाजुभाइले पनि आफनो गच्छेअनुसार अनुसार दक्षिना अनि कपडा दिने गर्छन ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परालाई जापानवासी नेपाली पनि निरन्तरता दिएका छन् ।

यस पर्वको नाम हिन्दी शब्दको त्योहारु शब्दबाट अपभ्रम हुँदै तिहार बन्न आएको भनाई छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो ।

सांस्कृतिक पर्व तिहार नेपाल लगाएत दक्षिण एसियाका विशेष गरि भारत, भूटान र म्यानमारमा यो पर्व मनाइन्छ ।

तिहार मनाए भन्दा खुशी : टासी वाङदी लामा
गैरआवासीय नेपाली संघ एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले तिहारको अवसरमै नेपालमा हुने हिलाहिंसा,जबरजस्तीकरनी ,हत्या जस्ता कूकार्यको विरूद्ध माइती नेपाल,रेस्पेक्ट एण्ड राईज ,अन्नपूर्ण मिडियासंग संयुक्त सहमति गरेका छौं यसले गर्दा तिहारको भन्दा वढी खुशी मिलेको प्रतिक्रिया दिए ।

साथीहरुसंग भेटघाट गरि मनाए : मोहन घले
त्यसैगरि नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले भाईटिकको दिनमा विहानै दिदि भिम कुमारी गुरुङ, र बहिनी विनु गुरुङकोमा ग़एर सेलरोटी,फलफुल खाए, त्यसपछि साथीहरुसंग भेटघाट गरि मनाएको सुनाए ।

परदेशी भुमिमा रहे पनी मिठो सम्झना गरि मनाए : स्मृति आचार्य
जापानको ब्यस्त समयलाई म्यानेज गरेर साथीभाई भेटघाट गरि रमाईलो गरेर यस वर्षको तिहार मनाएर विदाई गरियो ।
हामी पारिवारिक दिदीबहिनी दाजुभाइ विच टीका लगाउने काम गरियो ,खानपिन गरियो ।
हामी जहाँ छौ रमाईलो गरेर मनाए कहिले निरास भएर बस्नु पर्दैन । एकै ठाउँमा टिका लगाई भाईटिका मनाए ।

खानपिन गरी तिहार मनाइयो : हेमन्त गिरी
जापानमा स्वतन्त्र रुपमा कलम चलाउदै आएका हेमन्त गिरीको कथा भने अलि फरक छ यहाँ गिरीका अनुसार हामी दश भाइ बहिनी । यसपाली सबको हात र निधार खाली रह्यो । हामी तीन भाई जापान, दिदी बहिनी सबै नेपाल र अन्य देशमा । परदेशमा चाडपर्व भनेको जहिले बिदा भयो र जमघट भयो त्यही नै हुने रहेछ । हामीले टीका नलगाए पनि टीका लगाउने दाजुभाइ दिदी बहिनी जम्मा भएर टीकाटालो र खानपिन गरी तिहार मनाइयो । परदेशमा सबै आफ्नो अनुकूल खोजेर पनि नहुँदो रैछ । यो तिहारले सबै दाजुभाई दिदी बहिनी बिचमा माया आत्मीयता र सौहार्दता बढ़ाओस् भनेका छन् ।

हाम्रो समावेसी तिहार : बिष्णु सुवेदी
छेउमा रोटी समातेका ऋतु दाई दुरा हुन्, टिका लगाइदिने शशी बहिनी तामाङ हुन् फोटो खिचिदिने तिलक सर मल्ल हुनुहुन्छ । म बिष्णु बाहुन परेँ ।
आज जिन्दगीमै पहिलोपटक अफिसभित्रै सहकर्मीहरु मिलेर टीका लगायौं, तिहार मनायौं ,मन प्रफुल्ल छ । पत्रकार समेत रहेका सुवेदीले खुशी ब्यक्त गरेका छन् ।

जापानको ब्यस्त समयको वाबजुत पनि सांस्कृतिक पर्व तिहारलाई आआफनो तरिकाले मनाएका छन् । हुन त आफनो संस्कार,संस्कृतिलाई जोगाई राख्न परदेशमा भए पनि निरन्तरता दिनु राम्रोकदम हो सबैको जय होस फेरी पनि ह्याप्पी तिहार ।