बुधबार, असार ०३, २०८३

प्यारी बहिनी मलाई सम्झी नरोए

प्यारी बहिनी
तिहार आयो मलाई सम्झी नरोए
चम्किलो मुहार बलिन्द्र ऑशुले नधोए
तिमीलाई कत्ति माया गर्छु
ति तारालाई सोध
बिगतलाई फर्केर हेर
जुन संग अनिदो रात बिताएको छु
सधै भलो होस मात्र चिताएको छ
मन्दिर पस्दा तिम्रै खुशिनै मागेको छु।
खुशीकै बहार चाहेको छु
कहिल्यै नओइलाउने मखमली
दुखबाट मुक्ति गराउने सयपत्री
शत्रुबाट जोगियोस भन्दै
तेलको धाराले छेकेको
झलझली सम्झेको छु।
तर यहॉ घुम्ती पिच्छे
मृत्युको मुख हुन्छ भन्छन
बॉच्नको लागि साहस चाहिन्छ रे
सासको के भरोसा र यहॉ
कत्ति बिचलित छैन
क्षितिज पारी भएर के भयो त
बिहानी घाम संगै मुस्कुराउनु
उदाश हुन हामी जन्मेकोपनि हैन काली।
निराश बनाउन खोजेकोपनि छैन काली।
परिस्थितिले बन्धक बनाएर के’भयो त
अर्कों बर्ष संगै रमाइलो गरौलाहै काली !

बीपी बुढ़ाथोकी/ रामेछाप हाल जापान