बिहिबार, असार ११, २०८३

मदनकृष्ण श्रेष्ठको सिजुओकामा अन्तरक्रिया

नेपालका चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ सिजुओकामा आउनुहुने भएको छ । आफुद्धारा लेखिएको आत्मकथा महको म नामक पुस्तकको अन्र्तक्रिया तथा सागंतिक कार्यक्रमका साथ जापान आइपुग्नुभएको हास्यकलाकार श्रेष्ठ यहि नोभेम्बर ६ तारिख सिजुओका आउनुहुने भएको हो । मदनकृष्ण श्रेष्ठ सर्पोटर समुहको आयोजनामा सिजुओकाको आजारिया हलमा कार्यक्रम हुन लागेको हो ।

मगंलबार बेलुका ५ः ३० बजेबाट कार्यक्रम शुरु हुने भएको छ । कार्यक्रममा मदनकृष्ण श्रेष्ठसगं अन्र्तक्रियाका साथै उहाँको समुहले आफनो प्रस्तुती मार्फत मनोरन्जन गराउनुहुने भएको छ । साथै कार्यक्रममा नेपालबाट आउनुभएका सगिंतकार तथा गायक सन्तोष रजौरे र स्थानिय कलाकारहरुको पनी प्रस्तुती हुने बताइएको छ । कार्यक्रममा प्रवेश गर्नका लागि निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको आयोजकले जानकारी गराएको छ । कार्यक्रममा सहभागि भइ मनोरन्जनका साथै हास्यकलाकार श्रेष्ठसंग साक्षात्कार र उहालाइ सम्मान गर्नका लागि सिजुओकाबासी नेपालीहरुलाइ उपस्थीतीका लागी अनुरोध समेत गरिएको छ ।