बिहिबार, असार ११, २०८३

हाइकु एशोसिएसनको कार्यकारी सदस्यमा प्रकाश पौडेल चयन

जापान । प्रकाश पौडेल ‘माइला’ वर्ल्ड हाइकु एसोसिएनको कार्यकारी सदस्यमा चयन भएका छन् । सन् २०१८ देखि २०२० सम्मको दशौ कार्यकारी समितिको सदस्यमा वर्ल्ड हाइकु एसोसिएनका सदस्यहरुले पौडेललाई अन्तर्रास्ट्रिय जगतमा हाइकु प्रवर्धनमा महत्वपूर्ण भूमिका निभाएको भन्दै उक्त पदमा चयन गरेका हुन । कार्यकारीमा नियुक्त हुने उनी पहिलो नेपाली कवि हुन् ।

जापानको राजधानी टोकियो नजिकै साइतामा प्रान्तमा केही सातापछि हुने कार्यक्रममा उनलाई पदभार र गोपनीयताको सफत खुवाउने कार्यक्रम छ । पौडेललाई आगामी साल टोक्यो स्थित मेइजी युनिभर्सिटीमा हुने विश्व हाइकु सम्मेलन कार्यक्रमको मूल आयोजक समितिमा पनि स्थान दिइएको छ ।

जापानको राष्ट्रिय हाइजिन (हाइकु कवि) समूहमा प्रवेश पाउने उनी पहिलो विदेशी पनि हुन् ।

विश्वभरिका हाइजिनहरुको संस्था हो । जापानबाट विश्वभर फैलिएको लघुतम कविता विधा नेपालसहित विश्वका धेरै जसो देशमा फैलिएको छ । सन् २०१७ को सेक्टेम्बर ८, ९ र १० मा इटलीको पर्ममा भएको नवौ सम्मेलनले टोक्योको मेइजी युनिभर्सिटीमा हुने दशौं सम्मेलनको कार्यक्रम गरेको थियो । संस्थाले नियमित रुपमा हाइकु म्यागेजिन प्रकाशन गर्दै आएको छ । उक्त म्यागेजिनमा पनि पौडेलका हाइकु छापिन थालेका छन् ।