शनिबार, बैशाख ०८, २०८१

जापानवाट साहिल खड्काको गीत ‘रक्सीको तालैमा’ सार्वजनिक

टोकियो । गायक साहिल खड्काले नयाँ गीत ‘रक्सीको तालैमा’ सार्वजनिक गरेका छन् ।

जापानलाई कर्मभूमि बनाएका गायक खड्काले तिहारको अवसर पारेर उनले आफ्नै शब्द र संगीतमा ‘रक्सीको तालैमा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

उदयराज पौडेलको म्यूजिक एरेन्ज र ज्ञानेन्द्र शर्माले छायाँकन गरेको गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन ।

गीतको भिडियोमा स्ट्रकपप डान्स क्रुको नृत्य रहेको छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि सोही डान्स समुहले गरेको छ । यो डान्स समुह के–पप वर्ल्ड फेस्टिभलको विजेता समुह समेत हो ।

‘प्रियसी’ एल्बमबाट आफ्नो औपचारिक संगीत यात्रा थालेका साहिलको ‘त्यो मनमा’, ‘के यो माया हो’ लगायत गीत सार्वजनिक भइसकेका छन । पपगायनमा रुची राख्ने साहिल पछिल्लो गीतबाट पनि निकै आशावादी छन् । ‘तिहारमा नाच्न र झुम्न मिल्ने गीत ल्याएको छु, आशा छ दर्शकले मनपराउनु हुन्छ ।