टोकियो । जापानको राजधानी टोकियोमा आयूसा डाइनिंङ संचालन गदैं आएका गुल्मीका मोहनसिंह रायमाझीले जापानमा ल्याएर एक दम्पतिलाई ठगी गरेको भन्दै उज़ूरी दिएका छन ।
पीड़ित दम्पतिले नेपाली राजदूतावास जापान लगाएत आधा दर्जन विभिन्न सरकारी निकायमा उजुरी दिएका छन् ।
रुपन्देही सिद्धार्थ ३ का विशाल श्रेष्ठ र उनकी पत्नी शुलाले नेपाल सरकार विभिन्न संघसंस्थालाई दम्पतिले न्याय सहित असुल उपर पाऊँ भन्दै सबैमा अपिल गरेका छन् । श्रेष्ठ दुई वर्ष अगाडी तेह्र लाख तिरेर जापान गएका थिए । नेपालमा भएको सझौता अनुसारको केहि नगरि उल्टै विभिन्न बहानामा पैसा असुल गरेको पीडितले बताए ।
रायमाझीले पीडित दम्पतिहरुलाई विभिन्न समयमा विभिन्न बाहानामा उल्टै पैसा असुलेका पीडितले आरोप लगाए । जापानको टोकियोमा श्रेष्ठ दम्पति २ बर्षदेखी बस्दै आएका थिए । टोकियोमा रहदाँ साथीहरुको सहयोगमा बस्दै आएपनि रायमाझीले भिषा प्रकृया अगाडी नबढाई दिदाँ श्रेष्ठ दम्पति नेपाल फर्किन बाध्य भएका छन् । रायमाझीसंग सत्र लाख १५ हजार चार सय असुल गराई दिनुहुनु समेत श्रेष्ठ दम्पति सबैमा अपिल गरेका छन् ।
मेरो कुनै गल्ती छैन : मोहनसिंह रायमाझी
जापानको टोकियोमा व्यवसायी गर्दै आउनु भएका मोहन रायमाझीले आफनो कुनै गल्ती नभएको जिकिर गर्नु भयो । पहिलो ठगिने पक्ष विशाल श्रेष्ठको उजुरी समेत अस्वीकार भएकोले आफुमाथी लागेको आरोप निराधार भएको बताए ।
पहिलो पक्षबाट अदालतले मागेको काग़ज़ जुटाउन नसक्दा दोस्रो पक्षको प्रतिनिधि जापानी वकील मार्फत मोहनसिंह रायमाजी श्रम सुनुवाइ प्रक्रिया माग र श्रम अपील उजुरी अनुसार काम गर्ने कम्पनी सम्बन्ध प्रमाण पेश र परीक्षणको सप्रमाण स्वीकार गर्न पर्याप्त नभएकोले रायमाझीमाथीको आरोप निर्धारण भनि टोकियो क्षेत्रीय अदालतले भनेको छ ।
नेपाल पत्रकार महासंघ जापानमा दिएको निबेदन


