बिहिबार, असार ११, २०८३

डुकुको पहलमा दुईवटै मृगौला फेल भई उपचारार्थ राईको लागी ५० हजार येन सहयोग

टोकियो । दुईवटै मृगौला फेल भएकी चम्फामाया राईलाई जापानबाट आर्थिक सहयोग पठाएको छ ।
संखुवासभा जिल्ला मकालु गाउपालिका निवासी दुईवटै मृगौला फेल भइ उपचार गराइ रहनु भएकी चम्फामाया राईको उपचार सहयोगार्थ पेमानुरी (डुकु ठिम्मि) शेर्पाको नेतृत्वमा ५० हजार येन सहयोग पठाएको हो ।

नेपालबाट वैदेशिक रोजगार तथा अन्य विभिन्न उद्देश्यले जापान आइ विभिन्न पेशा,व्यवसायमा आबद्द महानुभावहरुबाट निम्नानुसार आर्थिक संकलन गरी सहयोग गरिएको शेर्पाले जानकारी दिनुभयो ।

उक्त रकम सिटी एक्स्प्रेस रेमिटमार्फत सेवा शुल्क नलिइ नेपाल पठाइएको छ। नेपालमा ५१,६७५¥(अक्षरेपी एकाउन्न हजार छ सय पचहत्तर नेपाली रुपैयाँ) प्राप्त गर्नु भएको जनाएको छ ।

सहयोगीहरू:-
१. सुकुरोज एसके तमु,नवलपरासी ५,०००¥
२. बाबुराम भण्डारी,गुल्मी(ओएनएफ उपाध्यक्ष) ५०००¥
३.पेमानुरी शेर्पा”DUKU”,पाँचखपन-९ संखुवासभा ५०००¥
४. मौसम राइ,हेदाङना संखुवासभा ५०००¥
५. चुडामणि काफ्ले,झापा ३०००¥
६. योगेन्द्र घर्तीमगर,अर्घाखाँची ३०००¥
७. शर्मिला लामा,थानकोट काठमाण्डौ २०००¥
८. विमल कार्की,ओखलढुङ्गा २०००¥
९. ज्याक खड्का,खोटाङ(DC Nepal जापान सम्वाददाता) २०००¥
१०. निश्चल मिश्र,कविलास-५ नुवाकोट
११. राजकुमार पण्डित,नुवाकोट(सल्लाहकार ओएनएफ) २०००¥
१२. नारायण पौडेल,बेसीशहर लमजुङ २०००¥
१३. भूषण कोइराला,मोरङ २०००¥
१४. नबिन केसी,पाख्रीबास नपा-७ धनकुटा २०००¥
१५. नबिन दाहाल,स्याबुन संखुवासभा २०००¥
१६. बादल राइ,पाङ्मा संखुवासभा २०००¥
१७. दामन राइ,हेदाङना सखुवासभा २०००¥
१८. रविन्द्र प्रजापति,ठिमी भक्तपुर १०००¥
१९. सुवास प्रसाद लोहनी,अध्यक्ष पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापान १०००¥
जम्मा ५०,०००¥