बिहिबार, असार ११, २०८३

जापानमा उपचारको क्रममा २४ वर्षीय महिलाको असामयिक निधन

टोकियो । जापानको इवाराकी केनमा बस्दै आएकी एक नेपाली महिलाको उपचारका क्रममा निधन भएको छ ।

बाग्लुङको गल्कोट स्थायी घर भई जापानको इवाराकी केनमा बस्दै आएकी विना बोहोरा उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

श्रीमान र एक छोरासहित इबाराकी केनमा बस्दै आएकी २४ बर्षिय बोहोरा बिगत लामो समयदेखि क्यान्सर रोगसँग उपचार गर्दै आएकी थिइन ।

लामो समय उपचारार्थ बोहोराको सोमबार बिहान अल्पआयुमैं मृत्यु भएको हो ।

उनको ईवाराकी केन स्थित हिताची जनरल हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । उनको मृत्त शरीर भोलि मंगलवार जापानमैं अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।

गत हप्ता बुधवार पनी जापानको नागोयामा हृदयघातको कारण बाग्लुङ्कै लोक बस्नेतकी श्रीमती बर्ष ५० कि तुलसीदेवी बस्नेतको मृत्यु भएको थियो।

अत्यष्टीको लागी:-
ठेगाना : 2-19-19, Kanesawacho Hitachi-Shi, Ibaraki Japan 316-0015
फोन न.: 0294-37-1142
मिति : 2018-10-30 (Tuesday)
समय : 2pm