टोकियो । संघीय समाजवादी फोरम पार्टीको प्रवास संगठन नेपाली संघीय समाज जापान नेफेसोले दशैँ तथा तिहार छठ पर्वको शुभकामना आदनप्रदान तथा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ।
नेफ़ेसोले जापानमा रहेका नेपालीहरुबीच भाईचारा अभिवृद्धि गर्ने उद्देश्यले नेपालीहरुको मौलिक चाड दशैँ, तिहार, छठ तथा न्हुदया चिन्तुनाको अवसरमा शुभकामना कार्यक्रमको आयोजना गर्न लागिएको नेफेसो जापानका वरिष्ठ उपाध्यक्ष हरिचन्द्र लामाले जानकारी दिनुभयो ।
शुभकामना आदानप्रदानको साथमा देउसी भैलो समेत खेलिने कार्यक्रम राखिएको लामाले बताउनु भयो । टोकियो सिनओकुवो स्थित रोयल गार्डेन नेपाली रेष्टुरेन्टमा हुन लागिएको कार्यक्रममा सहभागिताका लागि जापानवासी नेपालीहरु सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई संघीय नेपाली समाज जापानले अनुरोध गरेका छन।

