बिहिबार, असार ११, २०८३

खानागावा नेपालीको प्रशंसनीय कार्य: ३०० अशक्त जापानीलाई खाना खुवाए

जापान । जापानको राजधानी टोकियोवाट नजिक रहेको शहर योकोहामास्थित कानागावामा तीन सय असाय जापानीलाई नेपाली खाना खुवाएका छन् ।
कानागावा नेपाली कम्यूनिटीले शनिबार जापान सरकारको संरक्षणमा रहेका जापानीलाई नेपालीहरूले खाना बनाएर खुवाएका हुन्।
नेपालीले चिकन करीसहित खाना बनाएर खुवाएर ३०० जना जापानीलाई ६१० पिस खाना सेट खुवाएको संस्थाका अध्यक्ष हरि सापकोटाले जानकारी दिनुभयो ।

कानागावाको कोतोबुकिचोमा रहेका जापानीलाई खानागावा नेपाली कम्युनिटीको प्रयासमा यस्तो प्रशंसनीय काम गरेका हुन् । कम्युनिटीले चाडपर्वको अवसरमा सहयोग गर्ने कामलाई निरन्तरता दिँदै यस वर्ष पनि खाना खुवाउने काम गरेको हो । उक्त कार्यमा कम्युनिटीका संरक्षक,सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा अन्य नेपालीको सहभागिता रहेको थियो । कम्युनिटीका अध्यक्ष सापकोटाले गत वर्ष पनि सोही ठाउँमा नेपाली खाना खुवाएको जानकारी दिँदै सेवा भन्ने कुरा प्रवासमा भए पनि गर्न पाएकोमा खुसी व्यक्त गरे । अशक्त र मानसिक रुपमा पनि कमजोर रहेका जापानीलाई जापान सरकारले संरक्षणसहित सो ठाउँमा राख्ने गरेको छ। जापानमा ७ दर्जन भन्दा बढ़ी संघसंस्थाको भिडमा खानागावा नेपाली कम्युनिटीको नेपाल र जापानमा मानबिय तथा सामाजिक कार्य गरी छुत्तै पहिचान राखेको छ ।