Nepali date


सोमवार, मंसिर २, २०७६

रामकृष्णबम मल्लको “थाहै नदिई”सार्बाजानिक (भिडियोसहित )

टोकियो । लोकप्रिय गायक तथा संगीतकार रामकृष्णबम मल्लद्वारा संगीतबद्द आधुनिक गीत “थाहै नदिई….”को म्युजिक भिंडियो बजारमा आएको छ।

आर एस डिजिटल प्रा लि को प्रस्तुति रहेको उक्त म्यजिक भिडियो म्युजिक नेपाल युटुयुट च्यानल मार्फत सार्बाजानिक गरिएको छ।गीतकार अरुण पौडेलको शब्द र गायक राज सिग्देलको कर्णप्रिय आवाजमा रहेको गीतमा सागर खड्का, केन्टा गुरुङ र जेसिकाले अभिनय गरेका छन,म्युजिक भिडियोको छायाङकन सम्पादन बिष्णु बस्नेतले गरेका छन भने म्युजिक भिडियोको निर्देशन संगीतकार रामकृष्णबम मल्लले गरेका छन।

प्रबासमा बसेर नेपाली गित संगीतको क्षेत्रीमा लागी निरन्तर लागीरहेका सगीतकर्मी हरूमा अग्रपन्तीमा रहेका मल्लले केही दिन अगाडी कलाकार कल्याणकारी नेपालको सहयोगार्थ जापानमा ऐतिहासिक रूपमा आफ्नो एकल सागितिक साँझ सम्पन्न गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया