बिहिबार, असार ११, २०८३

एनआरएनए जापानको पहलबाट प्रदान गर्ने छात्रवृत्तिमा ३९ जनाको आवेदन (नामलिस्टसहित)

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले हाल जापानमा अध्ययनरत ३० जना जेहेन्दार जापानी भाषा विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने गरि सुचना प्रकासन गरेको थियो ।

जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्था हेरेर एनआरएनए जापानले समस्या न्यूनिकरणमा अग्रसरता देखाएको हो। 

जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा  भोकेसनल कलेज वा विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छन्। तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै जापानी भाषा स्कुलमा अध्ययनरत जेहेन्दार तथा लगनशील ३० जनालाई मासिक ३ मान (३० हजार नेपाली रुपैयाँ) बराबरको छात्रवृत्ति प्रदान गर्न लागिएको र त्यस संग प्रकासित सुचना र आवेदन माग भए अनुसार ३९ जनाले रीतपूर्वक निवेदन दिएकछन । ति मध्ये ९ जना भाषा स्कुलको र बॉकि भोकेसनल कलेज र विश्वविद्यालय अध्ययन गर्ने रहेका एनआरएनए  जापानका अध्यक्ष टासी वाङदी लामाले जानकारी दिए ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले अक्टोबर १५ भित्र आवेदन दिइसक्नुपर्ने बताइएको थियो। 

गत जुन १९ तारिक एनआरएनए जापान अध्यक्ष लामा र ईन्टरनेशनल ह्युम्यान रिसोर्स नेटवर्कसंग समन्वय गरेर सेवामुलक क्षेत्रमा काम गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत योसिहारु कोमियामाबीच भएको दोहोरो सम्झौतालाई कार्यान्वयन गर्दै पहिलोपटक उक्त संस्थामार्फत एनआरएनए जापानले हाललाई ३० जना नेपाली जेहेन्दार तथा लगनशील बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो।

छात्रवृत्ति छनौट गर्दा बिद्यार्थीको बायोडाटा, नेपालमा अध्ययन गरेको प्रमाणपत्र र हाल अध्ययनरत स्कुलको हाजिर प्रतिशतसंगै सम्बन्धित बिद्यार्थीको अनुशासन र लगनशीलताको बारेमा कलेजसंग सम्पर्क समेत गरेर सोधिने हुनाले छनौट प्रक्रिया पारदर्शी हुने संगै ईन्टरनेशनल ह्युम्यान रिसोर्स नेटवर्कलाई उक्त फ़ाईल छनौटको लागि पठाईने एनआरएनए अध्यक्ष लामाले जानकारी दिनुभयो।