धानका बाला खेतभरि झुल्दै गर्दा
सयपत्री अनि मखमली फुल्दै गर्दा
कति रमाउँलान हाम्रा यी मनहरु
एकअर्को फुलमा मौरि डुल्दै गर्दा
चङ्गा उडाउँदै पिङ खेल्न जाँदा
निलो गगन बादल हटि खुल्दै गर्दा
कति रोलिन त्यी आमा बाध्यताले
परदेशिएको त्यो छोराले भुल्दै गर्दा~~~
प्रकाश बुढाथोकी,जापान,

