बिहिबार, असार ११, २०८३

नेपाल फेष्टिवल २०१८ को आयव्यय सार्वजनिक,३३ लाख घाटा

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाली राजदूतावास जापानले टोकियोमा गत अगस्ट २५ र २६ तारिख कोमाजावा पार्कमा सम्पन्न भएको नेपाल फ़ेस्टीवलको आयव्यय सार्वजनिक गरेको छ ।

मंगलवार नेपाली राजदुतावास टोकियोमा एक कार्यक्रम गरि आयब्याय सार्वजनिक तथा धन्यावाद कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल फेस्टीवल २०१८ को आय व्यय सार्वजनिक कार्यक्रममा बोल्दै राजदुत प्रतिभा राणाले आफनो कार्यकालमा जापान र नेपाल बीचको व्यापार विस्तारमा समेत सुधार आएको यसलाई अझ फराकिलो बनाउने बताउदै नेपालका उच्चतहका ब्यक्तिहरु जापानको भ्रमणमा आउँदा जापान प्रवेशमा सहजता हुने विगतका वर्षहरुमा जापान भ्रमणमा कठिनाई आएपछि जापानको उच्च स्तरमैं छलफल गरी भ्रमणलाई सहजता बनाएको राजदुत राणाले बताउनु भएको हो । ८५ हजार नेपालीहरुको अभिभावक राजदुतावास भएको भन्दै नेपालीले आफुले भोगेका समस्या निधक्क भएर राख्न सक्ने वातावरण समेत रहेको उल्लेख गर्नुभयो ।

नेपालीले जापानको कानुन नवुभm्दा केही गुनासा आएकोले कानुनलाई अध्ययन गर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो । नेपालीले नेपालीलाई गर्ने व्यवहार र आनिबानीमा समेत सुधार गर्नुपर्ने औल्याउँदै नेपालको पहिचान र गौरवमा समेत ध्यान दिन समेत आवश्यक रहेको बताउनुभयो ।
नेपाली राजदुतावास र एनआरएन जापानको संयुक्त आयोजनामा टोकियोमा भएको फेस्टीवलमा १ करोड ७७ लाख ३७ हजार ३ सय ९ जापानी येन आम्दानी भएकोमा २ करोड ११ लाख ६ हजार ७ सय २६ खर्च भएकोले ३३ लाख ६९ हजार ४ सय १७ जापानी येन घाटा भएको संयोजक देविलाल भण्डारीले बताउनुभयो । कार्यक्रमको अवधिमा फेस्टीवललाई सफल पार्न सहयोग गर्ने विभिन्न सघ संस्थालाई प्रमाण पत्र वितरण गरिएको थियो ।

एनआरएन जापानका अध्यक्ष टासी वाङ्दी लामाको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा प्रवक्ता पर्शुराम बस्नेतले स्वागत तथा महासचिव वुद्धिराज घिमिरेले संचालन गरि सम्पन्न भएको थियो ।